अतिक्रमित जग्गामा बनाइएका संरचनाहरू भत्काउन गृहको सर्कुलर

  • वैशाख १७, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ- सरकारले अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई यस सम्बन्धमा आवश्यक पत्राचार गरेको छ । यसअघि २०८२ चैत २० गतेको मन्त्रालायको परिपत्रलाई स्मरण गराउँदै गृहले पुनः जिल्ला प्रशासन कार्यालयहरूलाई अतिक्रमित जग्गा पहिचान र संरक्षणका लागि निर्देशन दिएको हो।

मन्त्रालयका शाखा अधिकृत कृष्ण देवकोटाद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा जिल्लास्थित सम्बन्धित निकायहरूसँग समन्वय गरी सार्वजनिक जग्गाको पहिचान गर्न र त्यहाँ रहेका अतिक्रमण हटाउने विस्तृत योजना माग गर्न भनिएको छ। मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि आवश्यक योजना तयार गरी मन्त्रालयमा पठाउन भनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved