इरानको चेतावनीः फेरि आक्रमण भए निर्णायक जवाफ दिन्छौं

  • साउन १७, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौंः अमेरिकाले इरानमाथि पुनः आक्रमण गरे खाडी क्षेत्रका अन्य देशका ऊर्जा संरचनामाथि पनि जवाफी हमला गर्ने इरानले चेतावनी दिएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार टर्की, पाकिस्तान र साउदी अरेबियाका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको निर्णायक जवाफ दिइने बताएका हुन्। अराघचीले पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्शल आसिम मुनिर र टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको वार्तामा अमेरिकाले थप आक्रमण गरे त्यसले क्षेत्रीय अस्थिरता बढाउने चेतावनी दिएका छन्। उनले कुनै पनि ‘आक्रामक गतिविधि’को इरानले कडा प्रतिकार गर्ने बताएका छन्। त्यसपछि साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानसँगको वार्तामा पनि अराघचीले अमेरिका वा इजरायलले आक्रमण गरे वा त्यसमा क्षेत्रीय मुलुकले साथ दिए इरानले अनुपातिक जवाफ दिने बताएका छन्।

यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्निकट सञ्चारमाध्यम नूरन्युजले अमेरिकाले इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गरे साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार तथा इजरायलका तेल तथा ग्यास क्षेत्रलाई निशाना बनाइने चेतावनी दिएको छ। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार क्याम्प डेभिडमा बसेको मन्त्रिपरिषद् बैठकमा वार्तामार्फत समाधानको सम्भावना अझै रहेको बताएका छन्। उनले विशेष दूत स्टिभ विटकफ, विदेशमन्त्री मार्को रुबियो र जारेड कुशनरको टोलीले इरानसँग सहमति गर्न सक्ने विश्वास व्यक्त गरे पनि इरानप्रति आफ्नो विश्वास घट्दै गएको बताएका छन्।

आवश्यक परे इरानमाथि पुनः आक्रमण गर्न सकिने उनको भनाइ थियो। अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च रहँदै आएको छ। जुलाई महिनामा ब्रेन्ट क्रुडको मूल्य २४ प्रतिशतले बढेको थियो भने आगामी महिनाहरूमा मूल्य अझै बढ्न सक्ने विश्लेषकहरूको अनुमान छ।

युद्धका कारण विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरू हुँदै हुने अधिकांश जलयातायात प्रभावित भएको छ। यसले विश्व अर्थतन्त्रमा समेत दबाब बढाएको छ। शनिबार कुवेतको सेनाले इरानबाट प्रक्षेपण गरिएका शत्रुतापूर्ण ड्रोनहरू ध्वस्त पारेको जनाएको छ। ती ड्रोनका भग्नावशेष खस्दा उत्तरी कुवेतका केही सरकारी तथा निजी संरचनामा सामान्य भौतिक क्षति पुगे पनि मानवीय क्षति भने नभएको बताइएको छ। यसैबीच, यमनस्थित इरान समर्थित हुथी विद्रोहीहरूले पनि सुएज नहरसँग जोडिएको बाब–अल–मन्देब जलडमरूमा जहाजलाई लक्षित गर्ने चेतावनी दिएका छन्।

बेलायतको युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्सले ओमानको तट नजिक दुई वटा समुद्री सुरक्षा घटना भएको जनाएको छ। एउटा ट्यांकर अज्ञात प्रक्षेप्यको प्रहारमा परेर इन्जिन कोठामा क्षति पुगेको छ भने अर्को ट्यांकर नजिक विस्फोट भएको भए पनि त्यसमा क्षति नभएको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
इन्धनको मूल्य फेरि ब ...

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावका कारण नेपाल आयल निगमले ...

दुर्गा प्रसाईं भक्तप ...

​काठमाडौँ — शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा दुर्गा प्रसाईंलाई प्रहरीले उनकै निवासबा ...

चलचित्र “ए मेरो हजुर ...

काठमाडौँ — नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहरको रूपमा प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved