खार्तुममा गम्भीर विद्युत् संकट : प्रचण्ड गर्मी र अन्धकारले जनजीवन अस्तव्यस्त

  • साउन १७, २०८३
  • कालापानी मिडिया
alt

एजेन्सी । सुडानको राजधानी खार्तुममा लामो समयको द्वन्द्वपछि अहिले प्रचण्ड गर्मी र अनियन्त्रित विद्युत् कटौतीले जनजीवन अति कष्टकर बनेको छ।

विद्युत् अभावका कारण खाद्य भण्डारण, स्वास्थ्य सेवा र व्यापार व्यवसाय पूर्ण रूपमा प्रभावित भएका छन्। फ्रिज नचल्दा इन्सुलिनजस्ता संवेदनशील औषधि र खाद्य सामग्री बिग्रिएका छन् भने अत्यधिक गर्मीका कारण स्थानीय बासिन्दाहरू खुला आकाशमुनि बस्न बाध्य छन्। व्यवसायीहरूले इन्धनको मूल्यवृद्धिका कारण जेनेरेटर चलाउन नससिएको गुनासो गरेका छन्।

यता, ऊर्जा तथा पेट्रोलियम मन्त्रालयले माग बढेका कारण समस्या आएको जनाउँदै मर्मतसम्भारमार्फत हाल २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको र छिट्टै कुल क्षमता ६०० मेगावाट नाघ्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

नेपालीको महान् पर्व ...

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ आज (आश्विन शुक्ल प्रतिपदा) देखि विधिवत् रूपमा सुरु भएको छ। आश ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved