रास्वपाको रहस्यमय भूमिका - साम्प्रदायिक तनाव समाधानको वार्ता र मागपत्रमा पार्टीकै नेताहरूको सहभागिता

  • साउन १७, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । सुनसरी र धनुषामा देखिएका साम्प्रदायिक तनावका बेला तटस्थ मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र पार्टी सभापति रवि लामिछानेको पहलमाथि नयाँ प्रश्न उठेको छ। विवाद समाधानका लागि भनिएका वार्ता र ज्ञापनपत्र बुझाउने कार्यक्रममा संलग्न मुख्य व्यक्तिहरू अन्य कोही नभई रास्वपाकै आन्तरिक नेता तथा कार्यकर्ता रहेको खुलेको छ।

१- हिन्दू अगुवाको आवरणमा रास्वपा नेता
सुनसरीमा साम्प्रदायिक तनाव उत्कर्षमा पुगेका बेला रास्वपा सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका अगुवाहरूबीच संवादको पहल गरेका थिए। उक्त वार्तामा ‘हिन्दू अगुवा’ का रूपमा सहभागी राजुराज फुँयाल रास्वपाका नेता रहेको खुलेको छ।

फुयाँल हालै चितवनमा सम्पन्न रास्वपाको महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार भएर पराजित भएका थिए। उनले ‘विश्व हिन्दू महासंघ’ को प्रतिनिधि भन्दै वार्तामा सहभागिता जनाएको बताए पनि उनको मुख्य राजनीतिक पहिचान रास्वपाकै नेताको रूपमा रहेको पाइएको छ।

२- गृहमन्त्रीलाई मागपत्र बुझाउने स्थानीय वडासभापति
त्यसैगरी, धनुषामा ‘संयुक्त हिन्दू मोर्चा’ को नामबाट नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागसहित गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने मुख्य व्यक्ति पनि रास्वपाकै स्थानीय नेता रहेको खुलेको छ।

मागपत्रमा पहिलो हस्ताक्षर गर्ने र गृहमन्त्रीलाई ज्ञापनपत्र थमाउने शनी भगत जनकपुर उपमहानगरपालिका वडा नं.८ का रास्वपा वडासभापति हुन्। उनले ‘हिन्दू सम्राट सेना’ को प्रतिनिधि भन्दै हस्ताक्षर गरे पनि उनी उक्त संस्थाको क्रियाशील सदस्यसमेत नरहेको बुझिएको छ।

बाहिर तटस्थ सामाजिक वा धार्मिक पहल तथा नागरिकको स्वतःस्फूर्त माग जस्तो देखिए पनि यी घटनाक्रमहरूले राजनीतिक लाभ वा कृत्रिम वातावरण तयार पार्न दलकै आन्तरिक मान्छेहरूलाई विभिन्न समूहको प्रतिनिधि बनाएर अगाडि सारिएको आशंकालाई बल पुर्याएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
इन्धनको मूल्य फेरि ब ...

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावका कारण नेपाल आयल निगमले ...

दुर्गा प्रसाईं भक्तप ...

​काठमाडौँ — शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा दुर्गा प्रसाईंलाई प्रहरीले उनकै निवासबा ...

चलचित्र “ए मेरो हजुर ...

काठमाडौँ — नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहरको रूपमा प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved