काठमाडौं । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव पाकिस्तानको ब्रड पिक हिमालमा फेला परेको छ।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी) का अनुसार ब्रड पिक हिमालको करिब ५,७०० मिटर उचाइमा बेपत्ता भएको तीन दिनपछि उनको शव फेला परेको हो। गत बिहीबार बिहान हिमपहिरोमा परेर उनी र उनको टोलीका सदस्यहरूसँग सम्पर्क टुटेको थियो।
यसअघि शनिबार उनको अभियान आयोजक कम्पनी ‘एलिट एक्सपेड’ ले पाकिस्तानी पर्वतारोही सोहेल साखीसहित अभियानमा सहभागी सबै सदस्यको मृत्यु भइसकेको घोषणा गरेको थियो। आइतबारसम्म तीन जना पर्वतारोहीको शव उद्धार गरिएकोमा एसीपीले निम्सदाइको शव पनि फेला परेको पुष्टि गरेको हो।
एसीपीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त दुःखका साथ यो जानकारी सेयर गरिरहेका छौँ। स्थलमार्गबाट गएको उद्धार टोली ब्रड पिकको करिब ५,७०० मिटर उचाइमा निर्मल पुर्जा ‘निम्सदाइ’को शवसम्म पुगेको छ। त्यहाँ थप तीन शव पनि देखिएका छन्, तर तिनीहरूको पहिचान अझै पुष्टि भएको छैन।’
उद्धार टोलीले फेला परेका शवहरूलाई जापानी शिविरसम्म ल्याउने तयारी गरिरहेको छ। अत्यन्त कठिन भौगोलिक अवस्थाका बीच उद्धार कार्य जारी रहेको जनाउँदै एसीपीले घटनास्थलबाट प्राप्त विवरण प्रारम्भिक भएकाले थप आधिकारिक पुष्टि नआउन्जेल अपुष्ट सूचना नफैलाउन सबैमा आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved