नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारीमा, भारतबाट दोहोरो अंकले बढेर आयो नयाँ सूची

  • साउन १७, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले हालसम्म नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन।

सामान्यतया प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची सार्वजनिक गर्ने गरे पनि यसपटक भारतबाट मूल्य दोहोरो अंकले बढेर आएका कारण निर्णयमा ढिलाइ भएको हो। स्वचालित मूल्य प्रणालीअनुसार २ रुपैयाँसम्म मात्र मूल्य घटाउने वा बढाउने अधिकार निगम व्यवस्थापनलाई हुने र सोभन्दा बढी मूल्य हेरफेर गर्नुपर्ने अवस्थामा सञ्चालक समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले प्राप्त नयाँ मूल्यमा ठूलो परिवर्तन भएकाले सञ्चालक समितिको बैठक बसेर निर्णय भएपछि मात्र नयाँ मूल्यसूची सार्वजनिक गरिने जानकारी दिएका छन्। शनिबार र आइतबारको सार्वजनिक बिदाका कारण सञ्चालक समितिको बैठक बस्न ढिलाइ भएको स्रोतको भनाइ छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीको अध्यक्षतामा रहेको सञ्चालक समितिको बैठक बसेर औपचारिक निर्णय गरेपछि मात्र पेट्रोलियम पदार्थको नयाँ मूल्य कार्यान्वयनमा आउनेछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण नेपालमा पनि अब पेट्रोलियम पदार्थको मूल्य बढ्ने निश्चितप्रायः देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved