नागरिकको स्वास्थ्य र जनजिविकाको सवाल प्रति संवेदनशिल हुनुस

  • चैत २२, २०७६
  • कालापानी मिडिया
alt

प्रदिप मलासी, २२ चैत, बझाङ । नेपाली काग्रेसका नेता एवं सुदूपश्चिम प्रदेश संसदीय दलका सचेतक टेकवहादुर रैकाले कोरोना संक्रमण रोकथामका लागि विशेष निती तथा कार्यक्रम ल्याउन माग गर्नुका साथै नागरिकको स्वास्थ्य र जनजिविकाको सवाल प्रति संवेदनशिल हुन प्रदेश सरकारलाई जोड दिएका छन् ।

शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दे सचेतक रैकाले सुदूरपश्चिम प्रदेशमा कोरोना भार्ईरस संक्रमणबाट बच्नका लागि भईरहेका प्रयासहरु र पछिल्लो पटक संघीय सरकारले चीनवाट खरिद गरेर ल्याएका कारोना परिक्षण स्वास्थ्य सामाग्रीहरु निकै कमशल रहेको बताईएकोले त्यस्ता कमशल खालका स्वास्थ्य सामाग्री प्रयोगमा रोक लगाई तत्काल विश्व स्वास्थ्य संगठनबाट स्वीकृत आवश्यक स्वास्थ्य सामाग्रीहरुको प्रबन्ध गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तीमा कोरोनाको विश्वव्यापी महाविपदको बेला मानव स्वास्थ्यसंग सम्वन्धित अत्यन्तै संवेदनशिल अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद ढिलाई,टेण्डर प्रकयाको अपारदर्शिता,बढी मूल्य निकासा गराएर राज्य कोषको चरम भ्रष्टाचार एवं विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरितको कमशल सामाग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनै पनि दृष्टिले क्षम्य छैन ।

यसर्थ ढिला सुस्ती र अनियमिततामा सलग्न सम्बद्ध सबैलाई जिम्मेवारीबाट मुक्त गर्न र अनुसन्धान र कारवाही प्रकृया अगाढी बढाउन सरकारसंग माग गरिएको छ भने आफ्नो निहित स्वार्थ र अकुत सम्पति कमाउने बदनियत सोचका कारण नेपाली जनताको स्वास्थ्य माथि भईरहेको गम्भिर ढंगको खेलबाड प्रति सचेत र सजक रहन प्रदेशवासीमा आग्रह गरिएको छ ।

भारतसग सिमा जोडिएका सुदूपश्चिमका विभिन्न सिमानाकाहरुमा नेपालीहरु आफ्नो देशमा आउन नपाई अहिले पनि भोकभोकै सडकमा अलपत्रमा परी दुख व्यहोर्नु परेको छ यस्तो विषम परिस्थितीमा तीनै तहको सरकार मौन बस्नु अत्यन्तै दुखद कुरा हो । आफ्नो देशमा आउन पाउनु प्रत्येक नागरिकको अधिकार हो भने आफ्ना नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व भएकोले कोरोना परिक्षण र क्वारेन्टाईनको दायर बढाई आफ्ना नागरिकलाई स्वदेशमै आउन दिई सुरक्षित क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन प्रदेश सरकारसंग सचेतक रैकाले माग गरेका छन् ।

निरन्तरको लकडाउनका कारण आर्थिक रुपमा बिपन्न,दैनिक ज्यालादारी गरी जीवन निबार्ह गर्ने ब्यक्ति सबैभन्दा वढी समस्यामा परेका छन् त्यस्ता वर्गको प्रदेश सरकारले हाल सम्म पूर्ण तथ्याक सहित कुनै प्रकारको राहत वितरण नगरिनु, प्रदेशवासीलाई विश्वस्त हुने गरी कुनै पनि विशेष योजना सार्वजनिक नगरिएकोमा विज्ञप्तीमा आपत्ति जनाईएको छ ।

विपन्न कमजोर बर्गका लागि आर्थिक प्याकेज ल्याउन ,र राहत वितरणका काम पारदर्शि रुपमा अघि बढाउन, बजेट रकमान्तर गरी कोरोना रोकथाम विशेष बजेट विनियोजन गर्न, साना र ठूला व्यवसायीहरुको व्यवसायिक योजनाको दायरा अनुरुप विशेष सुविधा दिन सचेतक रैकाले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्

। यस्तै सचेतक रैकाले क्वारेन्टाइनमा राखिएका नागरिकहरु आक्रोसित भई उपचारको अग्रपक्तिमा रहेका स्वास्थ्यकर्मी माथि समेत अभद्र व्यवहार भईरहेको खबर सार्वजनिक भईरहेकाले क्वारेन्टाइनलाई मानविय जीवन अनुकुल स्वस्थ्य,मनोसामाजिक परामर्श,जेण्डर संवेदनशिल र सुविधायुक्त बनाई क्वारेन्टाइन प्रति जनविश्वास जगाई सहजै बस्न सक्ने बाताबरण निमार्ण गर्न र स्वास्थ्यकर्मी माथि अभद्रब्यबहार नगरी स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने बाताबरण सिर्जना गर्न जोड दिएका छन् ।

त्यसैगरी विज्ञप्तीमा स्वदेश तथा विदेशमा कोरोना संक्रमित नेपालीहरुको सिघ्र स्वास्थ्यलाभको कामना र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको उच्च सम्मान व्यक्त गरिनुका साथै अत्यन्तै अनुशासित रहेर सामाजिक दुरी कायम राख्न र सरकारले लागू गरेको लकडाउनको ईमान्दारीपूर्वक दुढताका साथ पालन गरी यसको संक्रमणबाट सुरक्षित रहन प्रदेशवासीसंग सचेतक रैकाले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved