काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावका कारण नेपाल आयल निगमले इन्धनको मूल्यमा वृद्धि गरेको छ।
भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. ३१.१९ र डिजेलमा प्रतिलिटर रु. ३९.६७ ले बढेर आए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले मूल्यवृद्धि कम राखेको छ।
निगम सञ्चालक समितिको निर्णयअनुसार २०८३ साउन १८ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु. ३ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु. ५ ले मात्र वृद्धि गरिएको छ।
नयाँ मूल्य समायोजनपश्चात पहिलो वर्गअन्तर्गत पेट्रोल र डिजेल/मट्टितेल दुवैको नयाँ खुद्रा बिक्री मूल्य समान प्रतिलिटर रु. १९७.१५ कायम भएको छ। यसरी थोरै मूल्य बढाउँदा पनि निगमलाई पाक्षिक (पन्ध्र दिनमा) रूपमा रु. १ अर्ब ४९ करोड घाटा हुने देखिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved