धवल र दुर्गाले गरे ‘जय नेपाल पार्टी’ घोषणा, साउन २८ मा दल दर्ताको तयारी

  • साउन २०, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं, २० साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका डा. धवल शमशेर जबरा राणा तथा नागरिक अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने निर्णय गरेका छन्।

लामो समयदेखि जारी आन्तरिक छलफल र परामर्शपछि उनीहरूले ‘जय नेपाल पार्टी’ नामक नयाँ दल स्थापना गर्ने सहमति गरेका हुन्। प्राप्त जानकारीअनुसार पार्टीको सभापतिमा डा. धवल शमशेर जबरा राणा रहनेछन् भने सर्वोच्च नेताको जिम्मेवारी नागरिक अभियन्ता दुर्गा प्रसाईंले सम्हाल्नेछन्।

नयाँ दललाई औपचारिक मान्यता दिलाउन उनीहरू साउन २८ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारीमा रहेका छन्। त्यसका लागि आवश्यक कागजी प्रक्रिया, संगठन विस्तार तथा अन्य व्यवस्थापकीय तयारी तीव्र रूपमा अघि बढाइएको जनाइएको छ।

नयाँ पार्टी गठनसँगै आगामी राजनीतिक गतिविधि, संगठन विस्तार र नीति–कार्यक्रम सार्वजनिक गर्ने तयारीसमेत भइरहेको नेता सगुन सुन्दर लावतिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा सहितको प्रजातन् ...

काठमाडौं — देशमा "राजा सहितको प्रजातन्त्रका लागि जनताको हस्ताक्षर महाअभियान" सञ्चालन गर्नका ला ...

धनुषाको जनजीवन सामान ...

जनिकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालकालगा त क्षेत्रमा जारी गरएको  ...

२०८३ साल साउन १८ गते ...

​♈ मेष ​फल: दिन सामान्य रहेको छ। सञ्चित धन खर्च हुन सक्ने योग छ। शिक्षाको क्षेत्रमा गरिएको मिहिनेत भ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved