इजरायली प्रधानमन्त्री नेतन्याहूले अस्वीकार गरे ट्रम्पको १५ बुँदे गाजा शान्ति योजना

  • साउन २५, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौंः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १५ बुँदे योजना अस्वीकार गरेका छन्। उनले हमास वास्तविक रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना फिर्ता नहुने स्पष्ट पारेका छन्।

  ट्रम्पको ‘बोर्ड अफ पिस’ले गत महिना गाजामा हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको बताएको थियो। तर, हमासले आफ्ना हतियार बुझाउने विषय इजरायलले सबै प्रकारका आक्रमण अन्त्य गर्ने र गाजाबाट आफ्ना सेना फिर्ता गर्ने कुरामा निर्भर रहने बताएको छ।

गत अक्टोबरमा गाजामा प्रारम्भिक युद्धविरामको सहमति भए पनि इजरायलले गाजामा आक्रमण जारी राखेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले भने, ‘इजरायलले १५ बुँदे दस्तावेजलाई अस्वीकार गर्छ।’ उनले अगाडि भने, ‘हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना कुनैपनि अवस्थामा फिर्ता हुने छैन र हाम्रा सेना तथा नागरिकविरुद्धका खतरालाई विफल पार्न जारी राख्नेछ।’ हमासका एक अधिकारीले आइतबार बीबीसीलाई बताएअनुसार, समूहले सम्झौताप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्छ। १५ बुँदे योजना कार्यान्वयन गर्न गम्भीर र जिम्मेवारीपूर्वक लाग्न तयार छ। साथै, हमासले मध्यस्थकर्ताहरूलाई सबै पक्षले सहमति गरेका विषयको पालना गराउने सुनिश्चित गर्न आग्रह गरेको छ।

इजरायलको यो अस्वीकारले गत वर्ष सेप्टेम्बरमा घोषणा गरिएको ट्रम्पको गाजा शान्ति योजनाका लागि अर्को ठूलो धक्काको संकेत गरेको बताइएको छ। उक्त योजनामा सम्झौताको कार्यान्वयनको निगरानी गर्न ‘बोर्ड अफ पिस’ गठन गर्ने, हमासको निशस्त्रीकरण, इजरायली सेनाको फिर्ती र गाजाको पुनर्निर्माणलगायत विषय समावेश थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

नेपालीको महान् पर्व ...

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ आज (आश्विन शुक्ल प्रतिपदा) देखि विधिवत् रूपमा सुरु भएको छ। आश ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved