गोलबजार उधोग ब्यापार संघले विपन्न परिवारलाई घरमै पुगेर बाँट्यो खाद्यान्न

  • चैत्र २२, २०७६
  • कालापानी मिडिया
alt

मुकेश कुमार यादब,
२१ चैत, सिरहा । सरकारले लकडाउनको समयसीमा बढाएपछि गोलबजार नगरपालिका वडा नम्बर २ मा रहेका गरीब तथा विपन्नलाई खाद्यान्य सामग्री उपलब्ध गराएका छन्। दैनिकी छाक टार्न समस्या भएका गरीब तथा दलित परिवारलाई उद्योग व्यापार संघ गोलबजारले राहत सामाग्री वितरण गरेको हो ।

विश्वभर कोरोना भाइरस (कोभिड-१९) महामारीको रुपमा फैलिरहेको अवस्थामा यसको संक्रमण रोक्न जारी लकडाउनले गर्दा यहा रहेका गरीब, दलित र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुलाई घरमै पुगेर राहत सामाग्री वितरण गरेको गोलबजार उद्योग व्यापार संघका अध्यक्ष भरत अग्रवालले जनाए ।

अति विपन्न २ सय १० घरपरिवारलाई चामल, दाल, आलू, प्याज, नुन,सोयाबिन ,साबुन सहितका खाद्यान्न सामाग्री उपलब्ध गराएको उ।व्या।संघका कोषाध्यक्ष बिजय साहले जनाए । उनलेञ सामाजिक दुरीको ख्याल गर्दै व्यवस्थित तरिकाले ३ फिटको दूरी कायम गर्दै राहत वितरण गरिएको जनाएको छ ।

सरकारले कोरोना भाइरस ९ कोभिड १९ ० महामारीबाट बच्न गरेको लकडाउनको कारण समस्यामा परेका अतिविपन्न ,गरिब दलितलाई राहत वितरण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved