मुकेश कुमार यादव, २२ चैत,सिरहा । करोना भाइरसका कारण देशनै लकडाउनमा परेका बेला दैनिक मजदुरी गरि जीविका चलाउँदै आएका यहाँका दलितहरुको दैनिकी कष्टकर बनेका छन । लकडाउनका कारण पछिल्लो १० दिनदेखि मजदुरीगर्न कतै जान नपाएपछि दैनिक ज्यालादारी गरेर हातमुख जोड्नेहरुको दैनिकी कष्टकर बन्न थालेको हो ।
गोलबजार नपा १० धोवियाधार मुसहर बस्तीका ४० वर्षिय रेबिया सदा कृषि मजदुरि छाक टार्ने गरेको थियो । लकडाउन पछि गिरहतले काममा नलाउँदा उनको दैनिकी कष्टकर बनेको छ । कामगर्न गएको श्रीमान पनि नआउने र आफ्नो कमाई पनि नभएपछि उनले आफ्ना २ छोरा र २ छोरीलाई नुन भात खुवाउनु पर्ने बाध्यता भएको सुनाए ।
भाईरसको हल्ला पछि हामीलाई कसैले घरमा पनि जान दिदैंनन्, कामत परैको कुरा भयो । रेबियाले भनिन, ‘काम गर्न नपाएपछि तरकारी दाल जोहो गर्नै समस्या, जसोतसो चामल ल्याएका छौं बारीमा फलेको टमाटर आचार बनाएर छाक टारेका छौं । छोरा छोरी दाल तरकारीको लागि झगडा गर्छन मैले कहाँबाट ल्याउने ।’धोविया धारकै ४० वर्षिय शिबु सदाको अवस्था पनि उस्तै छ । ज्याला मजदुरी र जंगलबाट ल्याएको काठ दाउरा बेचेर गुजारा चलाउँदै आएका उनको दैनिकी पनि विचल्लिमा परेको छ ।
ज्याला मजदुरीमा कसैले राख्दैन । हुँदा–हुँदा जंगलबाट ल्याएको काठ दाउरापनि कसैले नकिनेपछि उनी विचल्लिामा परेका हुन । लकडाउनपछि भारतका विभिन्न ठाउँमा कामगर्नेहरु फर्केर गाउँ पसेपछि छिमेकी गाउँकाले हामिहरुलाई एकप्रकारले नाकाबन्दि नै गरेका छन् । ‘गाउँमा दिल्लिबाट कामगर्नेहरु फर्केपछि छिमेकी गाउँकाहरुले हामीलाई गाउँ पस्न दिएका छैन्, नत काममै लगाएको छ ।
गिरहत हरुलेपनि हामीलाई गाउँ पस्न दिंदैन्, हामीले ल्याएको काठदाउरा किन्नेत परको कुरा भयो । धोवियाधारमा करिव ४० घरपरिवार सदाय (मुसरहर)हरुको छुट्टै वस्ती छ । उनीहरुको जिविकाको लाग छिमेकी गाउँहरुमा मजदुरी गर्न जान्थे । मजदुरी नपाईए जंगलबार काठ दाउरा ल्याउने गर्छन् । नरहा गाउँ पालीका ५ पानवारीका सदायहरुको अवस्था पनि उस्तै छ । दैनिक ज्याला मजदुरी ठप्प भएपछि हातमुख जोड्नै धौ–धौ परेको छ ।
स्थानीय ४५ वर्षिय देबलाल सदा पछिल्लो ३ दिनदेखि नुनभात खानबाध्य छन् । घरमा भएको दल तरकारी सकिएपछि उनको परीवार भातमा थोरै पानी लगाएर नुन हाल्छन्, र त्यसैले उनको छाक टरेको छ ।’ दलितहरुको अध्यतिक वसोबास रहेको सिरहामा सदायहरुमात्र करिव ५० हजारको संख्यामा रहेका छन् । यो समुदाय करिव ९८ प्रतिशत भूमिहीन रहेको बताइन्छ । आर्थिक अवस्था कमजोर भएकै कारण सदाय समुदाय विभिन्न खालको प्राकृतिक प्रकोपबाट पीडित हुँदै आएका छन् ।
यता, स्थानीयतहले भने राहत व्यवस्थापनको छलफल तथा नामावलीहरु संकलन गर्ने कार्य गरिहेको जनाएको छ । गोलबजार नगरपालीकाले सवैवडाहरुबाट अतिविपन्न दलित तथा मजदुरहरुको नामसंकलन कार्य संकलन गरी नगरकार्यसमितिको बैठकले निर्णय गर्ने जनाएको छ । धनगढीमाई नगरपालीकाले आफ्नै कोषमा रहेको विपद व्यवस्थापनकोषबाट खर्च गर्नेगरी तयारी गरिरहेको जनाएको छ ।
धनगढीमाई नगरपालीकाले गाउँमा पुगेर राहत वितरण गर्ने भन्दा पनि नाम छनोट गरेर आएपछि उनीहरुलाईमात्र बोलाएर व्यवस्थित गरी राहत वितरण गर्ने योजना बनाईरहेको प्रवक्ता प्रकाश योञ्जनले जानकारी दिए । त्यसैगरी, विष्णुपुर गाउँ पालीकाका अध्यक्ष जागेश्वर यादवले अहिले बसिरहेको गाउँकार्यपालीकाको बैठकले राहतको वितरणको विषयमा टुङ्गो लाउने बताए । उनलेभने, ‘हामी अहिले राहत वितरणकै विषयमा छलफल गरिरहेका छौं, हामी आजै टुङ्गोमा पुग्छौं ।
प्रदेश सरकारले लकडाउनका कारण समस्यामा परेकाहरुको राहतको लागि नगरपालीका तथा गाउँपालीकाहरुलाई आवश्यक रकम पठाईसकेको बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved