स्वदेश फर्किँदै पूर्वसभापति देउवा, बाजागाजा र झाँकीसहित स्वागत गरिने

  • साउन २७, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा छ महिनाको उपचारपछि आगामी बिहीबार दिउँसो साढे १२ बजे स्वदेश फर्किँदै हुनुहुन्छ।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते हुनुभएका उहाँ उपचारका लागि गत फागुन १३ गते विदेश जानुभएको थियो। ​कांग्रेसको संस्थापन इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित पूर्वसभापति देउवालाई भव्य स्वागत गर्ने तयारी गरेको छ।

इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समितिका संयोजक विद्या तिमिल्सिनाका अनुसार देउवाको स्वागतका लागि विशेष सांस्कृतिक झाँकी निकालिनेछ। ​कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवा बिहीबार मध्यान्ह साढे १२ बजे थाई एयरमार्फत काठमाडौं अवतरण हुनेछन्। ​स्वदेश फर्किएलगत्तै देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको तीनदिने राष्ट्रिय भेलामा सहभागी हुनुहुनेछ।

इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले दिएको जानकारीअनुसार उक्त राष्ट्रिय भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ र भेलामा पाँच हजारभन्दा बढी नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

जनआस्थाका सम्पादक कि ...

काठमाडौँ। प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोल ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved