'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत दर्ता, संगठन विस्तार गर्ने घोषणा

  • साउन २९, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता भएको छ। २०८३ साउन २९ गते एक विज्ञप्ति जारी गर्दै पार्टी औपचारिक रूपमा दर्ता भएको जानकारी गराइएको हो।

राष्ट्रवादी दल निर्माण गर्ने क्रममा सहयोग गर्ने र शुभेच्छुक राख्ने सम्पूर्णप्रति पार्टीले कृतज्ञता व्यक्त गरेको छ। ​सनातन धर्म, राजसंस्था र प्रजातन्त्रका आधारस्तम्भमा हिमाल, पहाड र तराईलाई एकताद्ध राखेर आम नेपाली जनताको प्रेरणाबाट राष्ट्रिय गौरव र ऐतिहासिक विरासत नवपुस्ता तथा भावी पुस्तामा हस्तान्तरण गर्ने पार्टीको प्रण रहेको छ।

देशमा स्थिरता र आर्थिक समुन्नति हासिल गर्नु पार्टीको मुख्य लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ। ​पार्टी दर्तासँगै आजैका दिनबाट संगठन निर्माणको क्रम प्रारम्भ गरिएको छ। केन्द्रीय कार्यसमिति, प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठनहरू क्रमिक रूपमा विस्तार गरिनेछ। साथै, राजसंस्था र धर्ममा विश्वास राख्ने, प्रदेशको पुनर्संरचना, भ्रष्टाचारको न्यूनीकरण र सुशासन चाहने सबै नेपालीलाई एकजुट भएर अघि बढ्न हार्दिक आह्वान गरिएको छ।

विशेष गरेर आगामी स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकहरूलाई सम्पर्क गर्न र पार्टीमा आबद्ध भएर तयारीसाथ अघि बढ्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
फेसबुक टाइमलाइनमा नय ...

काठमाडौँ। पछिल्ला केही दिनयता सामाजिक सञ्जाल फेसबुकको प्रोफाइल टाइमलाइनको डिजाइनमा नयाँ परिवर्तन देख ...

नेपाली कांग्रेसको १५ ...

काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी-पहिरोले सडक तथा पुलहरूमा क्षति पुर्याएप ...

​अविरल वर्षासँगै बाग ...

​बागलुङ। तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी बागलुङमा ९ जनाको मृत्यु भएको छ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved