गृहसचिवले दर्ज्यानी चिन्ह लगाउने २ दशक लामो परम्परा तोडियो: आईजीपी डा. मनोज केसीलाई गृहमन्त्री सुदन गुरुङले आफैं लगाइदिए फुली

  • कार्तिक १८, २०८३
  • कालापानी मिडिया
alt

​काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई गृहमन्त्री सुदन गुरुङले दर्ज्यानी चिह्न लगाइदिएका छन्। यससँगै नेपाल प्रहरीमा लामो समयदेखि चल्दै आएको गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिने अभ्यासमा परिवर्तन आएको छ। ​

मन्त्रिपरिषद्को बुधबारको बैठकले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर डा. केसीलाई प्रहरी नेतृत्व सुम्पिने निर्णय गरेको थियो। सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ।

​प्रहरीभित्र दर्ज्यानी चिन्हको इतिहास र फेरबदल ​

नेपाल प्रहरीमा विगतमा अवकाशमा जान लागेका महानिरीक्षकले नयाँ आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिने परम्परा थियो। तर २०४९ सालमा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाको पालामा मोतीलाल बोहरा आईजीपी नियुक्त हुँदा यो पुरानो अभ्यास तोडिएको थियो।

​त्यस्तै, २०५३ सालमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई आईजीपी बनाउँदा पनि निवर्तमान आईजीपीले दर्ज्यानी चिन्ह लगाइदिने परम्पराको सट्टा गृहमन्त्रीले नै फुली लगाइदिएका थिए।

​त्यसपछि २०६३ सालमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको पालामा आईजीपीलाई गृहसचिवमार्फत दर्ज्यानी चिह्न लगाइदिने अभ्यास सुरु भयो। सोही परम्परा अनुसार पूर्वआईजीपीहरू प्रदीपसमशेर जबरादेखि दानबहादुर कार्कीसम्मले आ–आफ्नो समयका गृहसचिवबाटै फुली ग्रहण गर्दै आएका थिए।

२०८२ कात्तिकमा दानबहादुर कार्की आईजीपी नियुक्त हुँदा पनि तत्कालीन गृहसचिव रामेश्वर दंगालले नै दर्ज्यानी चिह्न लगाइदिएका थिए। ​

कानुनी व्यवस्थाभन्दा पनि परम्पराको विषय ​

आईजीपीलाई कसले दर्ज्यानी चिह्न लगाइदिने भन्ने विषय कानुनमा स्पष्ट रूपमा तोकिएको नभई मुख्यतः परम्परासँग जोडिएको छ।

त्यसैले गृहमन्त्रीबाट दर्ज्यानी चिह्न लगाइदिनुलाई कानुनी परिवर्तनभन्दा पनि स्थापित अभ्यासमा आएको परिवर्तनका रूपमा लिइएको छ। ​बुधबार आयोजित दर्ज्यानी चिन्ह तथा पदबहाली कार्यक्रममा निवर्तमान आईजीपी दानबहादुर कार्की भने उपस्थित थिएनन्। कार्यक्रम सञ्चालकका अनुसार गृहमन्त्रीले आफ्नै अग्रसरतामा नयाँ आईजीपीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​'पाँच पाण्डव' चलचित ...

काठमाडौँ । 'हिन्दू सम्राट नेपाल' केन्द्रीय कार्यालयले हाल प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र 'प ...

बहालवाला आईजीपी हटाउ ...

काठमाडौँ । नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने वालेन्द्र साह सरकारको पछिल्लो निर्णयले तीन दशकअघि प ...

बैंकिङ कसुरमा पूर्वम ...

काठमाडौँ: बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दिक्षान्त बाँनिया बैंकिङ कसुर तथा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved