काठमाडौँ । 'हिन्दू सम्राट नेपाल' केन्द्रीय कार्यालयले हाल प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र 'पाँच पाण्डव' माथि प्रतिबन्ध लगाउन माग गरेको छ।
चलचित्रमा सनातन धर्मका महान् पात्रहरू पाण्डव र माता द्रौपदीलाई आपत्तिजनक, अश्लील तथा विवादास्पद ढङ्गले प्रस्तुत गरिएको भन्दै संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा मनोरञ्जनको नाममा धार्मिक आस्था र सांस्कृतिक पहिचानमाथि प्रहार गर्ने प्रवृत्ति स्वीकार्य नरहेको उल्लेख गरिएको छ।
साथै, चलचित्रको प्रदर्शन तत्काल नरोकिए समस्त सनातनी हिन्दू समाजले देशव्यापी बहिष्कार गर्ने चेतावनी दिँदै सम्बन्धित निकायलाई कडा कारबाहीको माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved