ज्येष्ठ नागरिकको सुविधा पाउँदै टोपबहादुर रायमाझी कात्तिक २६ गते जेलमुक्त हुँदै

  • कार्तिक १७, २०८३
  • कालापानी मिडिया
alt

​रुपन्देही । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलजीवन बिताइरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुने भएका छन्। ​

६५ वर्ष उमेर पूरा भएका कारण रायमाझीले ज्येष्ठ नागरिकको सुविधा पाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए। ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने कानूनी व्यवस्था अनुसार उनी छुट्न लागेका हुन्।

​रायमाझीका निकटस्थ लिला केसीका अनुसार कात्तिक २५ गते नै रिहाको समय पुग्ने भए पनि कात्तिक २६ गते बिहान मात्रै उनी निस्कने तय भएको छ। "२५ गते नै रिहाको समय पुग्ने भए पनि २६ गते बिहान निस्कने कुरा भएको छ, त्यसपछि उच्च अदालतमा मुद्दा गएसँगै यसको किनारा लाग्छ," केसीले भने। उनका अनुसार अहिले रायमाझीको बिगो रकम समेत घटाएर १६ सय रुपैयाँ मात्रै बनाइएको छ।

​६५ वर्षको उमेर हदका कारण सजाय छुट पाएर रिहा हुन लागेका भए पनि प्रचलित कानूनी व्यवस्था अनुसार रायमाझीले अब पुनः सांसदको चुनाव लड्न भने पाउने छैनन्।

​यसअघि रायमाझीले अर्घाखाँचीबाट २०६४, २०७०, २०७४ र २०७९ का संसदीय निर्वाचनहरूमा लगातार चारपटक चुनाव जितेका थिए। उनी विभिन्न सरकारमा मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म बनेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा पूर्वम ...

काठमाडौँ: बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दिक्षान्त बाँनिया बैंकिङ कसुर तथा ...

भाइटीकाको साइत कात्त ...

काठमाडौँ : यो वर्षको भाइटीकाको साइत कात्तिक २५ गते बिहान ११:०७ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक ...

संवैधानिक राजसंस्थ ...

काठमाडौँ । जय नेपाल पार्टीका सभापति डा. धवलशमशेर राणाले एक पत्रकार सम्मेलनको आयोजना गरी देशमा व्याप् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved