मुमाबडामहारानी रत्नको ९८ औं जन्मोत्सव: महेन्द्र मञ्जिलमा परिवारका सदस्यहरूबीच मनाइँदै

  • भदौ ४, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको नारायणहिटी दरबार परिसरको महेन्द्र मञ्जिलमा परिवारका सदस्यहरूका बीच आज शाहको जन्मोत्सव मनाउने कार्यक्रम रहेको छ। यस्तै उहाँका शुभचिन्तकहरूले पनि विभिन्न ठाउँमा उहाँको जन्मोत्सव मनाउने कार्यक्रम तय भएको छ।

​मुमाबडामहारानी शाहलाई ९८ औं जन्मोत्सवको शुभकामना दिन राजपरिवारका सदस्यहरू महेन्द्र मञ्जिलमा जाने कार्यक्रम तय भएको छ। ​वि.सं. १९८५ भदौ ४ गते जन्मनुभएकी रत्न २०११ देखि २०२८ सम्म नेपालको बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमा बडामहारानी हुनुहुन्थ्यो।

उहाँ राजा महेन्द्र वीर विक्रम शाहकी दोस्री पत्नी हुनुहुन्छ। उहाँकी आफ्नै दिदी इन्द्रराज्य लक्ष्मी देवी शाहले वि.सं. १९९६ मा राजा महेन्द्रकी जेठी श्रीमतीको रूपमा विवाह गर्नुभएको थियो। तर, वि.सं. २००७ भदौ १८ मा उहाँको निधन भएपछि रत्नले दुई वर्ष, अर्थात् वि.सं. २००९ सालमा महेन्द्रसँग विवाह गर्नुभएको थियो। ​विशेष, मुमाबडामहारानी रत्नको जन्मदिन (भदौ ४ गते) का दिन नेपालमा राष्ट्रिय बाल दिवस मनाउने गरिन्थ्यो। तर, पछिल्ला केही वर्षयता भने बाल दिवस भदौ २९ गते मनाउन थालिएको छ।

​नेपालमा गणतन्त्र प्राप्तिपछि राजतन्त्रको अन्त्य भए पनि उहाँ हाल नारायणहिटी दरबार परिसरभित्रै रहेको महेन्द्र मञ्जिलमा एकान्त जीवन बिताइरहनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"सनातन धर्म र राजसं ...

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसम ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved