महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति र उपकरणको अभाव, मिर्गौला बिरामी उपचारबाट वञ्चित

मिर्गौला बिरामी उपचारबाट वञ्चित

  • भदौ ५, २०८३
  • कालापानी मिडिया
alt

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पीडित बिरामीले सहज रूपमा उपचार पाउन सकेका छैनन्।

सीमित स्रोतसाधनका कारण अस्पतालमा डायलाइसिस गराउँदै आएका बिरामीलाई नियमित सेवा दिन समस्या भइरहेको छ। ​मिर्गौला पीडित बिरामीले हप्तामा दुई पटकसम्म डायलाइसिस गर्नुपर्ने भए पनि अस्पतालमा उपलब्ध जनशक्ति र उपकरण बिरामीको चापअनुसार पर्याप्त नहुँदा बिरामीले पालो कुरेर बस्नुपर्ने समस्या रहेको महाकाली प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जगदीश जोशीले जानकारी दिए। “हामीसँग चार जना स्टाफनर्स भए भोलिदेखि नै रातिको सिफ्टमा समेत डायलाइसिस सेवा सञ्चालन गर्न सक्छौँ,” जोशीले भने, “अहिले कार्यरत जनशक्तिसमेत पर्याप्त छैन समिति उपकरण छन् बिरामीको चाप छ।”

​मेसु जोशीका अनुसार अहिले अस्पतालले दुई सिफ्टमा सेवा प्रदान गर्दै आएको छ। शय्या अभावका कारण २५ जनासम्म पालो कुरेर बस्नुपर्ने अवस्था रहेको उनले बताए। “अहिले दश वटा बेड उपलब्ध छन नौ वटा सञ्चालनमा छन् एउटा मेसिन इमर्जेन्सीका लागि ब्याकअपमा राख्नुपर्ने हुन्छ,” उनले भने, “आवश्यक उपकरण र जनशक्ति अभाव हुँदा सहज रूपमा सेवा दिन सकिएको छैन।” ​महाकाली अस्पतालमा दैनिक २५ बिरामी डायलाइसिस सेवा लिन आउने गरेका छन्।

डायलाइसिसका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गए पनि आवश्यक उपकरण, शय्या र जनशक्ति नहुँदा उपचार व्यवस्थापनमा चुनौती देखिएको छ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गर्दै पहिलो निर्णय सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस शय्या थप गरेर मिर्गौलाका बिरामीको उपचारमा पहुँच बढाउने निर्णय गरेका थिए। ​

अस्पताल प्रशासनले शय्या थपेर मात्रै समस्या समाधान नहुने बताउँदै शय्यासँगसँगै जनशक्ति र उपकरणसमेत थप गर्नुपर्ने जनाएको छ। “शय्या थपेर मात्रै हुँदैन आवश्यक जनशक्ति र उपकरण पनि थप्नु आवश्यक छ,” मेसु जोशीले भने, “हामीसँग भौतिक संरचना छ, शय्या र जनशक्ति थप भए राति पनि उपचार गर्न सक्छौँ।”

महाकाली प्रादेशिक अस्पतालमा डायलाइसिसका लागि पालो नपाउँदा अहिले पनि यहाँबाट बिरामीहरू उपचारका लागि अन्यत्र जाने गरेका छन्।

श्रोत- खबरहब

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
महामन्त्री पदमा उम् ...

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता एवं जी.पी. कोइराला फाउन्डेसनका अध्यक्ष डा. सुनिल शर् ...

दोधारा चाँदनी र भिमद ...

कंचनपुर । महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल भत्कियो, आवतजावत पूर्णरूपमा ठप ...

फेसबुक टाइमलाइनमा नय ...

काठमाडौँ। पछिल्ला केही दिनयता सामाजिक सञ्जाल फेसबुकको प्रोफाइल टाइमलाइनको डिजाइनमा नयाँ परिवर्तन देख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved