​पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को लहर, जावलाखेलमा तीनदिने कार्यशाला सुरु(तस्बिर सहित)

  • मंसिर २, २०८३
  • कालापानी मिडिया
alt

ललितपुर । पत्रकारिता क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) को लहर बढेसँगै यसको व्यावहारिक र प्रभावकारी प्रयोग सिकाउन ललितपुरको जावलाखेलमा तीनदिने कार्यशाला सुरु भएको छ।

बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयले मङ्गलबारदेखि उक्त कार्यशाला सञ्चालनमा ल्याएको हो। ​कार्यशालाको उद्घाटन गर्दै सञ्चार रजिस्ट्रार रेवती सापकोटाले एआई पत्रकारको विकल्प नभएको बताए। यो केवल पत्रकारको कामलाई छिटो, सहज र प्रभावकारी बनाउने सहयोगी माध्यम मात्र भएको उनको भनाइ छ। पत्रकारितामा एआई प्रयोग गर्दा यसको उपयोगिता र सम्भावनासँगै सीमाबारे पनि स्पष्ट बुझ्नुपर्नेमा उनले जोड दिए।

​सहभागी पत्रकारहरूले एआईबारे रहेका अन्योल र जिज्ञासा चिर्न यो प्रशिक्षण निकै उपयोगी हुने विश्वास लिएका छन्। तालिमबाट सिकेका ज्ञान र सीपलाई दैनिक पत्रकारिता अभ्यासमा उतार्नुपर्ने उनीहरूको धारणा छ।

​तीन दिनसम्म चल्ने कार्यशालामा प्रशिक्षकद्वय अजय शर्मा र शिव पुरीले सहजीकरण गरिरहेका छन्। प्रशिक्षणमा एआईको सैद्धान्तिक पक्षसहित समाचार लेखन, सम्पादन र तथ्य जाँच (फ्याक्ट चेक) जस्ता काममा यसको व्यावहारिक प्रयोगबारे सिकाइने कार्यालयले जनाएको छ।

IMG_20261118_120953 IMG_20261118_120845 IMG_20261118_101351 IMG_20261118_120849 IMG_20261118_120859

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गृहसचिवले दर्ज्यानी ...

​काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई गृहमन्त्री सुदन गुरुङले द ...

​'पाँच पाण्डव' चलचित ...

काठमाडौँ । 'हिन्दू सम्राट नेपाल' केन्द्रीय कार्यालयले हाल प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र 'प ...

बहालवाला आईजीपी हटाउ ...

काठमाडौँ । नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने वालेन्द्र साह सरकारको पछिल्लो निर्णयले तीन दशकअघि प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved