प्रार्थना भइरहेकै बेला विद्यालयमा बाढी: भागिसकेकाले ज्यान जोगाए, भाग्न नसकेकाहरू बाढीमा परेको आशङ्का

  • भदौ १०, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटको सदरमुकाम विदुरस्थित ऐतिहासिक त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय पूर्ण रूपमा बगाएको छ।

वि.सं. २००० मा स्थापना भएको यो पुरानो विद्यालय बुधबार बिहान आएको आकस्मिक बाढीको चपेटामा परेको हो। ​प्रत्यक्षदर्शीका अनुसार विद्यालयमा बिहानको प्रार्थना भइरहेका बेला बाढी आउन लागेको सूचना पाएपछि शिक्षकहरूले विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ लैजाने प्रयास गरेका थिए। भाग्न सफल भएका केही शिक्षक र विद्यार्थीहरूले ज्यान जोगाएका छन् भने समयमा भाग्न नसकेकाहरू बाढीमा परेको हुनसक्ने आशङ्का गरिएको छ।

प्रार्थनाको समयमा विद्यालयमा कति शिक्षक र विद्यार्थी उपस्थित थिए र कति जना सुरक्षित रहे भन्नेबारे आधिकारिक विवरण आउन बाँकी छ। ​विद्यालयमा भएको क्षतिको यकिन विवरण लिन प्रधानाध्यापक राजेन्द्र दवाडीसँग सम्पर्कको प्रयास गरिए पनि हालसम्म सम्पर्क हुन सकेको छैन।

तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको यो अकल्पनीय बाढीले रसुवासँगै नुवाकोटका तटीय क्षेत्रहरू तहसनहस पारेको छ। बाढीले विदुरको त्रिशूली बजार क्षेत्रका घर, बस्ती र पूर्वाधारहरू बगाएर ठूलो क्षति पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved