बाढीपीडितको उद्धार र राहतका लागि राजा ज्ञानेन्द्रको आह्वान, त्रिदेशीय संयुक्त प्रयासमा जोड

  • भदौ १०, २०८३
  • कालापानी मिडिया
alt

​काठमाडौँ। राजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नेपालमा पुगेको अपार भौतिक तथा मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

संवाद सचिवालय निर्मल निवासबाट जारी सन्देशमार्फत उहाँले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रका बजार, बस्ती, बाटोघाटो, पुल, विद्युत आयोजना तथा खेतीपातीमा पुगेको क्षतिप्रति चिन्ता प्रकट गर्नुभएको हो।

 राजा शाहले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकदसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सुरक्षाकर्मीसहित बेपत्ता भएका नागरिकहरूको तत्काल खोजबिन कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको छ।

​विपत्तिका बेला खोज, उद्धार, राहत र उपचारका कार्यमा कुनै कमी हुन नदिन उहाँले सम्बद्ध निकायहरूको ध्यान आकर्षण गराउनुभएको छ। सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघ-संस्था र आम नागरिक सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्दै एक जुट हुन उहाँले आह्वान गर्नुभएको छ।

​सीमासँग जोडिएका छिमेकी देशहरूमा आउने प्राकृतिक विपत्तिले एक-अर्कालाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले छुट्टाछुट्टै प्रयास भन्दा त्रिदेशीय संयुक्त प्रयास (Tri-national Joint Effort) मार्फत प्रकोपको क्षति न्यूनीकरण गर्नु अझ प्रभावकारी हुने तथ्यलाई ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ।

IMG-20260826-WA0003

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved