संस्थापन पक्षसँग पूर्णबहादुर र शेखर सहमतिनजिक

  • भदौ २२, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षसँग पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा। शेखर कोइरालाको सहमतिको सम्भावना बढेको छ।

हिजो देखि सानेपामा जारी बैठकले सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने निर्णय गरेपछि सहमतिनजिक पुगेको नेताहरूले दाबी गरेका छन्।

पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुनुपर्ने अडान राखेपछि खड्का र कोइरालासँग भने सहमति नजिक रहेको एक पदाधिकारीले बताए।

ती पदाधिकारीले भने, ‘हामी सबैलाई समेटेर जानुपर्छ भन्ने पक्षमा प्रयासरत छौँ। आजको बैठकमा पनि छलफल हुँदै छ। तर पूर्ण र शेखर दाइले यसअघि राखेको मागलाई स्वीकार गर्न तयार भएका छौँ। हिजोको बैठकमा गगन दाइले त्यही अनुसार ब्रिफिङ गर्नुभएको थियो।’ बैठकअघि सभापति थापाले नेता खड्का र कोइरालासँग बेग्लाबेग्लै छलफल गरेका थिए। थप छलफल गर्नको लागि कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ।

खड्कानिकट नेता श्याम घिमिरे आफूहरूले राखेको माग सम्बोधन भए संस्थापन पक्षसँग सहमति हुनसक्ने बताए। उनले नेपाल प्रेससँग भने, ‘पार्टी फुटाउन हुँदैन भन्ने पूर्ण दाइको लाइन हो। उहाँले यसअघि सारेको ८ बुँदे माग सम्बोधन हुन्छ भने सहमति हुन्छ। त्यही ८ बुँदालाई शेखर दाइले ५ बुँदाको बनाउनु भएको छ। कुरा एउटै हो।’

पार्टी एकता जोगाउनको लागि दुवै पक्ष लचक हुनुपर्ने बताए। उनले थपे, ‘सदस्यता अद्यावधिक अनिवार्य नगर्ने, छुट्टै संयन्त्र बनाउनेलगायतको कुरामा संस्थापन पक्ष तयार भए सहमति हुन्छ। सबै झगडा गरेर मात्रै एकता हुँदैन।’

खड्काले अघि सारेको प्रस्ताव चुनदेवी पनि नैतिक रूपमा पन्छिन नमिल्ने बताए। उनका अनुसार खड्का अहिले चुनदेवीबाट अलग भइरहेका छन्। उनले थपे, ‘अहिले पूर्ण दाइ चुनदेवीमा हुनुहुन्छ। त्यो सहमतिमा सबैको सहमतिमै तयार भएको थियो। त्यसैले चुनदेवी पनि नैतिक रूपमा पन्छिन मिल्दैन भन्ने हाम्रो बुझाइ हो।’

देउवाकै नेतृत्वमा महाधिवेशन मात्रै सहमति हुन्छ भन्ने चुनदेवी पक्षको अडानमा आफूहरू नरहेको प्रस्ट पारे। प्रवक्ता देवराज चालिसेले बैठकले पार्टीको १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण गरेका तर अद्यावधिक गर्न छुटेका सदस्यका विषयमा पनि निर्णय गरेको छ।

पार्टी अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका तथा निधन भएका व्यक्तिबाहेक नवीकरण गरेका सबैलाई १५औँ महाधिवेशनमा सहभागी हुन मिल्ने निर्णय भएको बताए।
हिजोको बैठकमा पनि इतर पक्षलाई पनि समेट्नुपर्ने भन्दै नेता अर्जुननरसिंह केसीले ५ बुँदे प्रस्ताव राखेका थिए।

विशेष महाधिवेशनको परिधिभित्र रहेर पुरानो र हालको कार्यसम्पादन समितिलाई पार्टी सभापतिको नेतृत्वमा समायोजन गर्ने, विधानको सम्बन्धित धारा निलम्बन गरी आपसी परामर्श र आवश्यकताका आधारमा केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाउने केसीको प्रस्ताव छ।

केन्द्रीय कार्यसमितिको पहिलो बैठकले निष्पक्ष महाधिवेशन सम्पन्न गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई प्रत्यायोजन गर्ने, निष्पक्ष महाधिवेशनको प्रत्याभूति दिलाउन कार्यसम्पादन समितिले नै महाधिवेशन तयारीका लागि आवश्यक निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा आवश्यकताअनुसार थपघट गर्ने प्रस्ताव राखेका थिए।

उनले १५औँ महाधिवेशनको अन्तिम मिति सर्वसम्मत रूपमा आगामी कात्तिक १७ देखि १९ गतेसम्मका लागि तोक्ने र उक्त कार्यतालिका कुनै पनि बहानामा नसार्ने गरी समितिले पूर्ण प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव राखेका थिए।

खड्का र कोइरालासँग सहमतिको सम्भावना बढेपछि वडा अधिवेशन सार्ने तयारी बैठकले पनि गरेको छ। आजको बैठकले महाधिवेशनको संशोधित कार्यतालिका ल्याउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved