काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशैभर एकैसाथ पालिका तहको अधिवेशन हुँदैछ।
केही छिटपुट स्थानबाहेक देशभरका वडा अधिवेशनहरू उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडाका साथै मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका रोकिएका वडाहरूमा पनि मङ्गलबार अधिवेशन सफलतापूर्वक सकिएको छ।
यद्यपि, बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
पाँच पदाधिकारी चयन हुने:
कांग्रेसको नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन्। जसमा:
सभापति: १ जना
उपसभापति: २ जना (एक महिला अनिवार्य)
सचिव: १ जना
सहसचिव: १ जना
निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले एक जना कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान रहेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved