काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री वालेन्द्र शाह आज स्वदेश फर्किएका छन्।
१४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका शाह कतारको दोहा हुँदै केहीबेर अघि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। गत असोज ६ गते अमेरिकातर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाहले असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए।
भेटलगत्तै उनले राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए। भ्रमणका क्रममा न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहहरूमा समेत उनी सहभागी भएका थिए। प्रधानमन्त्रीको यस भ्रमणबारे थप जानकारी दिन परराष्ट्र मन्त्रालयले आजै प्रेस ब्रिफिङ गर्दैछ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved