दोधारा चाँदनी र भिमदत्तनगर जोड्ने झोलुङ्गे पुल बग्यो, आवतजावत पूर्णरूपमा अवरुद्ध

  • असोज १४, २०८३
  • कालापानी मिडिया
alt

कंचनपुर । महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल भत्कियो, आवतजावत पूर्णरूपमा ठप्प ​कञ्चनपुर — महाकाली नदीमा आएको भीषण बाढीका कारण कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका (महेन्द्रनगर) जोड्ने प्रसिद्ध झोलुङ्गे पुल भत्किएको छ।

आज बिहान नदीको बीच भागमा रहेको पिलर भत्किएपछि पुलको केही भाग नदीमा खसेर बगेको प्रहरीले जनाएको छ। ​प्रहरीका अनुसार, दोधारा चाँदनीतर्फको तेस्रो स्पानमा क्षति पुग्दै सुरुमा ५–६ मिटर भाग माथि उठेको थियो। त्यसलगत्तै पिल्लर समेत ढलेपछि पुल भाँचिएर आवतजावत पूर्णरूपमा बन्द भएको हो।

​करिब १ हजार ४५२ दशमलव ९६ मिटर लामो यो झोलुङ्गे पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुल मानिन्छ। दोधारा चाँदनीका बासिन्दाका लागि सदरमुकाम महेन्द्रनगर जोड्ने यो वर्षौँदेखिको मुख्य माध्यम रहँदै आएको थियो। ​हाल महाकाली नदीमा नयाँ पक्की पुल निर्माण भइसकेकाले प्रायः आवतजावत पक्की पुलबाटै हुने गरे तापनि, यो ऐतिहासिक झोलुङ्गे पुल आफैँमा जीर्ण बन्दै गएको अवस्थामा बाढीले क्षति पुर्‍याएको हो।

पुल चुँडिएपछि अहिले सो क्षेत्रको स्थानीय पैदल आवागमन पूर्णरूपमा प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
फेसबुक टाइमलाइनमा नय ...

काठमाडौँ। पछिल्ला केही दिनयता सामाजिक सञ्जाल फेसबुकको प्रोफाइल टाइमलाइनको डिजाइनमा नयाँ परिवर्तन देख ...

नेपाली कांग्रेसको १५ ...

काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी-पहिरोले सडक तथा पुलहरूमा क्षति पुर्याएप ...

​अविरल वर्षासँगै बाग ...

​बागलुङ। तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी बागलुङमा ९ जनाको मृत्यु भएको छ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved