सुदूपश्चिममा यस वर्ष घरमै बसेर विसु मनाइदै

  • वैशाख १, २०७७
  • कालापानी मिडिया
alt

१ बैसाख, धनगढी। सुदूरपश्चिममा बैशाख १ गतेका दिन सिस्नु दलेर विसु पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने चलन रहिआएको छ।

आजपनि सोही परम्परा अनुसार सुदूरपश्चिममा विसु पर्व मनाईदैछ। तर प्रदेशबासीले कोरोना भाईरसका कारण विगतका वर्षको भन्दा भिन्न तरिकाले विसु पर्व मनाईरहेका छन्। विषेशगरी नयाँ वर्षका दिन देवर भाउजू तथा साली भेनाले एक अर्कालाई सिस्नु पानी लगाउने गर्छन्।

एकघरबाट अर्को घर, एक गाउँबाट अर्को गाउँ पुगेर सिस्नु खेल्न चलन रहेपनि लकडाउनका कारण विसु घरभित्र मात्र सिमित भएको छ। सिस्नु पानीलाई लगाउने विसुलाई मिलनको पर्वका रुपमा लिने गरिन्छ। स्थानीय प्रशासनले कोरोनाको जोखिम बढ्ने भन्दै आजको दिन लाग्ने विसु मेला तथा जात्रामा रोक लगाएपछि स्थानीयले घर भित्र बसेर विसु पर्व मनाईरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको मौलीक पर्वको रुपमा रहेको विसु पर्बमा बिभिन्न प्रकारमा मौलिक परिकारहरु खाने गर्दछन् भने स्थान बिशेष भिन्नभिन्न तरिकाले विसु पर्वलाई रमाइलो गरी मनाउने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved