सुदूरपश्चिममा गरियो ६२ सय बढिको कोरोना परीक्षण

  • बैशाख ५, २०७७
  • कालापानी मिडिया
alt

धनगढी : सुदूरपश्चिमबाट संकलन गरीएका ६ हजार दुई सय बढि नमूनाको पीसीआर र ¥यापिड टेस्ट बिधी मार्फत कोरोना परीक्षण गरिएको छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रं डोटीका अनुसार आज सम्म पीसीआर प्रविधिबाट एक हजार ८ सय ९३ र ¥यापिड टेस्ट मार्फत चार हजार तीन सय ३३ जना गरी अहिले सम्म ६ हजार दुई सय २६ जनाको कोरोना परीक्षण गरिएको हो।

¥यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ भने पीसीआर प्रविधिबाट परीक्षण गरिएका ५ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ। धनगढीमै स्थापना भएको आरटिपीसीआर मेसिनमा रुकुमका थप दुई जनाको रिपोर्ट पोजेटिभ आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन बाँकी भएको हुँदा अहिले सम्म पुष्टि गरिएको छैन्।

अहिले सम्म सुदूरपश्चिमबाट ६ हजार ८ सय ७४ जनाको नमूना संकलन गरिएकोमा अझै ६ सय ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ। आज मात्रै सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधिबाट थप चार सय १६ जनाको नमूना परीक्षण गरिएको छ।

आज धनगढीमा स्थापना भएको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट चार सय १६ जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। यस्तै आज मात्रै सुदूरपश्चिमका ८ सय २४ जनाको ¥यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

सुदूरपश्चिममा अहिले सम्म सबैभन्दा बढि प्रदेशको राजधानी कैलालीमा दुई हजार चार सय २९ जनाको ¥यापिड टेस्ट गरिएको छ। यस्तै कञ्चनपुरमा ४ सय ६८, बैतडीमा एक सय ८१, दार्चुलामा एक सय ५१, डडेल्ुधरामा ११, डोटीमा चार सय १४, बझाङमा चार सय ७३, अछाममा एक सय ४३ र बाजुरामा ६३ जनाको ¥यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ। 

यस्तै अहिले सम्म विभिन्न अस्पतालको आईसोलेसनमा राखिएका ८७ जनालाई डिस्चार्ज गरिएको छ। उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। अहिले प्रदेशका विभिन्न अस्पतालमा १२ जनालाई आईसोलेसमा राखिएको छ।

जस्मा ५ जना कोरोना संक्रमित छन् भने बाँकी ७ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ। उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ। यस्तै प्रदेशमा डोटी बाहेक अन्य आठ जिल्लामा नौ सय ५९ जनालाई विभिन्न क्वारेन्टाईनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved