जी.पी.कोईराला फाउण्डेशन पर्साले सेनिटाईजर छर्किने र्काय शुरु

  • बैशाख ५, २०७७
  • कालापानी मिडिया
alt

वीरगञ्ज ५ बैशाख : कोभिड १९ अर्थात कोरोना भाईरसले विश्व नै आक्रान्त भईसकेको छ । विश्वमा महामारीको रुपमा फैलि रहेको रोगका कारण लाखौं विरामी भएका छन भने हजारौं जनाले ज्यान समेत गुमाई सकेका छन । नेपालपनि यस रोगको प्रभावबाट बचेको छैन । नेपाल सरकारले नेपाली जनताका लागि ०७६ चैत्र ११ गते देखि लकडाउन निषेधाज्ञा जारी गरेको छ । कोरोना भाईरसले जनतामा संक्रास फैलिरहेको बेला जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किने र्काय शुरु गरेको छ ।WhatsApp Image 2020-04-17 at 9.38.19 AM

विश्व स्वास्थ्य संगठनले हाल सम्म यस रोगको कुनैपनि औषधी नहरेको तथा यस रोगबाट बच्न साफ सफाई र समाजिक दुरी कायम गर्न नै यस्को उपचार मध्य एक रहेको बताए पछि जि.पि कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरलाई सेनेटाईज गर्ने र्निणय गरेको छ । नेपालमा आईलागेको यस्तो विपदको बेला हरेक नेपाली नागरिकले आफनो स्तरबाट नेपाल सरकारलाई साथ र सहयोग दिने कुरा रहेको बताउदै मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आफनो समाजिक उत्तरदायित्वलाई मन्न गर्दै वीरगंन्जको ३२ वटै वडाहरुलाई सेनेटाईज गर्ने जानकारी गराएका छन ।WhatsApp Image 2020-04-17 at 9.38.18 AM

वीरगंज महानगर पालिकाको वडा नं २ छपकैयामा ३ जना भारतियहरुमा कोरोना रोग पुष्टि भएपछि वीरगंज संक्रास अवस्थामा रहेको छ । वीरगंजका ३ वटा वडाहरु शिल समेत गरिएको छ भने सयौं जनाको कोरोना रेपिड टेस्ट समेत गरिएको छ । सेनिटाईजेशन र्कायक्रम आज वरिगंजको १,२,३,१० र १६ नं वडाहरुमा शुरु गरिएको छ भने वीरगंजको ३२ वटै वडाहरुमा सेनेटाईज गर्नै फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले बताएका छन ।WhatsApp Image 2020-04-17 at 9.38.18 AM (3)

सेनेटाईजेशन गर्ने वडा नं ३ का फाउण्डेशन अध्यक्ष सदिप केवट, शेख सागिर, कृष्ण ओझा, रुस्तम मंसुरी रहेको फाउण्डेशन पर्साका सचिव धिरज कुमार गुप्ताले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved