लकडाउनमा विशेष सतर्कता अपनाउँदै ग्राहकको बैंकिङ आवश्यकता पूरा गर्दैछौं : शाखा प्रबन्धक खेतान

  • बैशाख ५, २०७७
  • कालापानी मिडिया
alt एनआईसी एशिया बैंक लिमिटेड वीरगंज शाखाकी प्रबन्धक पुजा खेतान

वीरगंज, बैशाख ५ ।

एनआईसी एसिया बैंक वीरगंज शाखाले लकडाउनमा विशेष सतर्कता अपनाउँदै ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै बैंकिङ सेवा संचालन गरिरहेको जनाएको छ ।

कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला सरकारको निर्देशन बमोजिम बैंकले ग्राहक तथा कर्मचारीवर्गको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सतर्कताका सम्पुर्ण विधिहरू अपनाई ग्राहकहरुको विभिन्न बैंकिङ आवश्यकता पूरा गरिरहेको बैंककी वीरगंज शाखा प्रबन्धक पुजा खेतानले बताउनु भएको छ ।

हामीले वीरगंज शाखा प्रबन्धक पुजा खेतानसँग बैंकले लकडाउनको अवधिमा ग्राहकहरुलाई सेवा दिने क्रममा कस्ता सुरक्षा उपायहरु अपनाइरहेको छ त ? भनी प्रश्न गरेका थियौं, हेरौं वहाँको जवाफ बुँदागत रुपमा :-

ग्राहकहरुको सुरक्षाका लागि अपनाइएका उपायहरू :-

  • बैंकले शाखा कार्यालयमा ग्राहकहरू पुग्नुभन्दा २ घण्टा अगावै ग्राहकको चहलपहल हुने क्षेत्र तथा कर्मचारीहरूको कार्यक्षेत्र सम्पूर्ण रुपमा कोभिड १९ प्रतिरोधक हुने गरी डिस्इन्फेक्टेड औषधी छर्किने गरिएको छ ।
  • शाखा कार्यालयमा खटिएका सुरक्षागार्डद्वारा अत्यावश्यक सेवा लिन आउने ग्राहकलाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिने गरिएको र स्यानिटाइजरले हात सफा गरे पश्चात मात्र ग्राहकहरुलाई बैंकिङ सुविधा लिन बैंकमा प्रवेश गराईएको छ ।
  • ग्राहकहरूलाई सेवा लिन आउँदा सामाजिक दुरी कायम राख्न लगाउने व्यवस्था गरिएको छ ।
  • शाखा कार्यालयहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको छ ।
  • ग्राहकहरूको बैंकिङ्ग कार्यमा समस्या आएको खण्डमा सोको समाधानका लागि बैंकले ‘डिजिटल हेल्प डेस्क’ तथा प्रादेशिक तथा उपप्रादेशिक क्षेत्रमा ‘ग्राहक सहायता केन्द्र’ को समेत स्थापना गरेको छ ।
  • शाखामा पुग्ने ग्राहकहरूलाई सकेसम्म कार्ड, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ लगायतका विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्न आग्रह गरिएको छ । जसका लागि विद्युतीय बैंकिङबाट गरिने अन्तर बैंक रकम स्थानान्तरण, विद्युत महसुल, खानेपानी महसुल, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा घरबाटै गर्न सकिने व्यवस्था बैंकले गरिसकेको छ ।
  • साथै घरमै बसी अनलाईन खाता खोल्ने सुविधाका साथै कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सकिने छ ।
  • एनआईसी एशिया बैंकको मोबाइल बैंकिङसँगै डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने जुनसुकै ग्राहकले पनि छुट सुविधा पाउन सक्ने छन् ।

एटिएममा अपनाईएका सुरक्षाका उपायहरू :-

  • ग्राहकहरूले एटिएम प्रयोग गर्दा स्यानिटाइजर प्रयोग गर्न अनिवार्य व्यवस्था गरिएको छ ।
  • प्रत्येक ४८ घण्टामा एटिएममा कोभिड १९ प्रतिरोधक हुने गरी डिस्इन्फेक्टेन्ट औषधी छर्किने व्यवस्था गरिएको छ ।
  • एटिएमहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनका लागि जनचेतनामूलक सूचना राखिएको छ ।
  • एटिएमहरूमा भीडभाड गर्न नदिई ग्राहकहरूको दुरी कायम गराएर मात्र रकम झिक्ने व्यवस्था मिलाइएको छ ।

कर्मचारी वर्गहरूमा सुरक्षाको निम्ति अबलम्बन गरिएका उपायहरू :-

  • बैंकले विश्व जगतमा कोरोना संक्रमणको अवस्था देखिएसँगै स्टाफ एड्भाइजरी जारी गरी आफ्ना कर्मचारीलाई उच्च सतर्कता अपनाउन संचार गरिरहेको छ ।
  • कार्यालयमा उपस्थित कर्मचारीहरूले मास्क, पञ्जा तथा स्यानिटाइजर लगाएर मात्रै ग्राहकहरूलाई सेवा दिने व्यवस्था गरिएको छ ।
  • नोटको प्रयोगबाट कोरोना भाइरस जस्तो महामारी फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै बैंकले ग्राहकहरूबाट प्राप्त नगद रकमलाई समेत तुरुन्त निर्मलीकरण गरेर जम्मा गर्ने व्यवस्था गरेको छ ।
  • यातायातका लागि प्रयोग हुने सवारी साधनहरूमा पर्याप्त मात्रामा निर्मलीकरण औषधी छर्किने तथा चुस्त सफाइको व्यवस्था गरिएको छ ।
  • कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न सुरक्षाका कार्यक्रमहरूका साथै नेपालमा पहिलो कोरोना संक्रमित भेटिए देखि नै बैंकले कर्मचारीहरूलाई परामर्श दिइरहेको छ ।,
  • सामाजिक दुरी कायम राख्नका लागि बैंकले आपतकालीन कामका लागि बाहेकका कर्मचारीहरूलाई वर्क फ्रम होमको व्यवस्था गरेको छ । साथै कार्यालय आउने कर्मचारीहरूलाई स्यानिटाइजर, मास्क, पञ्जा जस्ता सुरक्षाका सामग्रीको प्रबन्ध गरेको छ ।

लकडाउनको समयमा ग्राहक तथा कर्मचारीहरुको सुरक्षा व्यवस्थाको बारेमा एनआईसी एशिया बैंक लिमिटेड वीरगंज शाखाकी प्रबन्धक पुजा खेतानसँग गरिएको कुराकानीको सम्पादित अंश ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved