संक्रमित लुकेर बसेको आशंकामा सुनसरीका १४ मस्जित सिलबन्दी

  • वैशाख ६, २०७७
  • कालापानी मिडिया
alt

विराटनगर । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्न थालेपछी जोखिमयुक्त ठाउँहरूको पहिचान गरी सरकारले थप कडाइ गर्न थालेको छ।

शुक्रबार मात्रै उदयपुरको भुल्केस्थित मस्जिदमा भारतबाट आएका १२ जनामा कोरोना पुष्टि भएसँगै अन्य मस्जिदमा पनि भारतीयहरू बसेको हुनसक्ने भन्दै स्थानीयले अनुसन्धानका लागि प्रशासनलाई आग्रह गरिरहेका छन्। यसरी लुकिछिपी अन्यत्र समेत बसेको हुनसक्ने आशङ्कामा सुनसरीको इटहरी आसपासका १४ वटा मस्जिद सिलबन्दी गरिएको छ । 

सङ्घीय सरकारको सुझाव अनुसार मस्जिद सिलबन्दी गरेर त्यहाँका मानिसहरूलाई क्वारेन्टाइनमा राखिएको छ । उपप्रमूख लक्ष्मी गौतमका अनुसार मस्जिदमा बस्दै आएकालाई इटहरी उपमहानगरपालिकाले स्थानीय जनता बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टाइनमा राखेको छ।

यस्तै मोरङका विभिन्न मस्जिदमा पनि भारतीय धर्मप्रचारक बस्दै आएको जानकारी स्थानीयले प्रशासनलाई गराएका छन् भने त्यस्ता क्षेत्रमा निगरानी बढाएर स्वास्थ्य परीक्षण गराउन दवाब दिएका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved