सुनसरी । शुक्रबार प्रदेश एकमा एकै दिन १२ जना कोरोना संक्रमित फेला परेपछि लकडाउन झन् कडा पारीएको छ ।
प्रदेश एकको उदयपुरमा रहेको मस्जिदमा एकै पटक १२ जना कोरोना भाईरसको सक्रमित भेटिएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रवार राती अवेरबाट लकडाउन कडा बनाएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपि बिनोद शर्माले उदयपुरको मस्जिदमा रहेका १२ जना भारतिय नागरिकहरुमा कोरोना सक्रमणको पुष्टी भएपछि सुनसरीमा मानिसहरुको आवतजावतमा पुर्ण रुपमा रोक लगाईएको बताए । सडकमा सुरक्षाकर्मी र स्वास्थ्कमी र संचारकर्मीहरुको बाहेक अन्य सवारी साधनहरु गुड्न रोक लगाईएको डिएसपि शर्माले जानकारी दिए ।
औषधी र दुध बिक्री गर्ने बाहेकका सम्पुर्ण पसलहरु समेत बन्द गरिका छन् । सवै जिल्लावासीलाई घरबाट बाहिर नआउन आग्रह गरिएको छ । सवै नागरिकले कोरोना भाईरसको महामारीबाट बच्ने उपायहरु अपनाउदै घर भित्र बस्न माइकिङ्ग समेत गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved