कैदीलाई अदालतलानु अघि कोरोना परिक्षण

  • वैशाख ६, २०७७
  • कालापानी मिडिया
alt

कैलाली । कैलालीमा कोरोना भाईरस (कोभिड–१९) को परीक्षणपछि मात्र थुनुवालाई अदालतमा उपस्थित गराईन थालेको छ। जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिने थुनुवाको कोरोना भाईरसको परीक्षण गरेर मात्र अदालतमा उपस्थित गराउने व्यवस्था मिलाईएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले शुक्रबार मात्र अनुसन्धानका लागि पक्राउ गरिएका ११ जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको जानकारी दिए।

प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयलाई अनुसन्धानका लागि नियन्त्रण लिईने व्यक्तिको कोरोना परीक्षण अनिवार्य गर्ने, कोरोनाको शंकास्पद व्यक्तिलाई हिरासतमा राख्दा अन्यसँग सम्पर्कमा नआउने गरी छुट्टै राख्ने व्यवस्था मिलाउन समेत चैत ४ गते निर्देशन दिएको थियो।

अदालतमा अभियोगपत्र दर्ता भई थुनछेक हुन बाँकी रहेका मुद्दाका अभियुक्तको पनि परीक्षण अनिवार्य गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले समेत सोही अनुसार कोरोना भाईरसको परीक्षण गराउँन थालेको हो। तर थुनुवा मात्र नभएर उनीहरुसँग सम्पर्कमा जाने सुरक्षाकर्मीको समेत परीक्षण गर्नुपर्ने माग गरिएको छ।

अभियुक्तलाई पक्राउ गर्न तथा परीक्षणका लागि अस्पताल पुगाउने सुरक्षाकर्मी समेत जोखिममा हुने भन्दै परीक्षणको व्यवस्था मिलाउनुपर्ने माग भईरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved