सुदूरपश्चिमका चार जना संक्रमितको रिपोर्ट फेरीपनि पोजेटिभ

  • वैशाख ६, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । सुदूरपश्चिमका ५ जना कोरोना संक्रमित मध्ये एक जना संक्रमितको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको छ।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता समेत रहेका आकस्मिक विभागका प्रमुख डाक्टर जगदिश जोशीका अनुसार लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो। उनको रिपोर्ट नेगेटिभ आएपनि उनलाई अस्पतालको आईसोलेसनमै राखिएको छ। डाक्टर जोशीका अनुसार लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिन्छ।

यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य चार जना कोरोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट गरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको हो।

डाक्टर जोशीले तीन जनाको तेस्रो र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको बताए। धनगढी उप-महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवको तेस्रो रिपोर्ट यसअघि नै आईसकेकोमा अब चौथो पटक परीक्षणको तयारी भईरहेको समेत उनले बताए। सुदूरपश्चिममा पछिल्लो ६ दिनयता कोरोना संक्रमितको सङख्या यथावत छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved