कैलालीमा ५० शैयाको कोरोना अस्पताल बन्दै

  • बैशाख ६, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । कैलाली र कञ्चनपुरमा कोरोना संक्रमितको उपचारका लागि ५०/५० शैयाको कोरोना अस्पतालको निर्माण गर्ने सुदूरपश्चिम प्रदेश सरकारको घोषणा अनुसार धनगढीमा निर्माण कार्य सुरु भएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र महाकाली अस्पताललाई ५०र५० शैयाको अस्पताल निर्माणका लागि एक÷एक करोडको अख्तियारी दिएपछि धनगढीमा निर्माण सुरु भईसकेको छ भने महेन्द्रनगरमा प्रक्रियामा छ।

सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालले नै सञ्चालन गर्ने गरी दुवै ठाउँमा ५०/५० शैयाको कोरोना संक्रमितको उपचारका लागि अस्पतालको निर्माण भईरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए। धनगढीमा अस्पतालको भवन निर्माणका लागि सम्झौता गर्दै काम सुरु गरिसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए।

उनले उद्योग वाणिज्य संघको छेउमै रहेको जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शैयाको आइसोलेसन भवन निर्माण सुरु भईसकेको बताए। ‘९४ लाखमा एक महिना भित्र काम सक्ने गरि किनारा कन्ट्रक्सनलाई भवन निर्माणको ठेक्का दिएका छौ। काम सुरु भएको छ। दिन-रात काम हुदैछ।’ उनले भने।

उता महाकाली अस्पतालमा ९२ लाखमा डिपिन बिल्डर्स प्रालिले भवन निर्माण गर्ने जिम्मा पाएको छ। तर निर्माण सम्झौता भने नभएको महाकाली अस्पताले जनाएको छ। महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीका अनुसार सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उनले महाकाली अस्पतालकै परिसरमा भवन निर्माण गर्ने बताए।

‘निर्माण कम्पनीलाई देखाएका छौ। भवनका लागि जग्गा प्रसस्त छ,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालयले रकमको अख्तियारी दिएपछि बाँकी काम हामीले गरिरहेका छौँ।’ प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पारेको स्टीमेट अनुसार भवन निर्माण हुनेछन्।

कोरोना भाइरस ९कोभिड–१९०का संक्रमितहरुलाई राख्न एक भवनमा ५० कोठाहरु हुनेछन्। प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या धेरै भए नयाँ निर्माण गरिएका आइसोलेसन भवनहरुमा राख्ने तयारीमा प्रदेश सरकार छ। नयाँ निर्माण हुने आइसोलेसन भवन प्रि-फ्याव प्रविधिमा निर्माण गर्न सम्झौता भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved