सरकारको कुटनीतिक असफलताकै कारण संक्रमण बढ्न थाल्यो-पशुपति शमशेर राणा

  • बैशाख ६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले जानीजानी कोभिड–१९ संक्रमण सार्ने सराउने कार्यमा संलग्न व्यक्तिउपर सरकारले कस्तो कारवाही अगाडि बढाउँछ भनेर जिज्ञासा व्यक्त गरेका छन् ।

उदयपुरमा एकै ठाउँ १२ जना संक्रमित भेटिएको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष राणाले शनिबार भने, ‘भारतबाट आएका संक्रमितहरू बन्दाबन्दीको नियम उल्लंघन गरेर गाउँठाउँ धार्मिक उपदेश दिँदै हिडेका रहेछन् । संक्रमण सर्ने जान्दाजान्दै गरिएको जोखिमपूर्ण कार्यबाट समुदायस्तरमा संत्रास र पिडा थपिएको छ । सरकार अब कसरी प्रस्तुत हुन्छ, प्रतिक्षाको विषय बनेको छ ।’

उदयपुरमा भारतीय नागरिकसहित १२ जना कोरोना संक्रमित भेटिएलगत्तै स्थानीय प्रशासनले शुक्रबार रातिबाट बस्तीलाई सुरक्षा घेरामा राखेको छ । तर, सुरक्षा घेराले मात्र समस्याको जड सम्बोधन नहुने अवस्था देखिन्छ । स्वास्थ्य उपकरण, औषधि आयात गर्ने सवालमा सरकार पटक–पटक असफल साबित भएको राणाको भनाइ छ । यस प्रकरणमा सरकारको कुटनीतिक असफलतासमेत गाँसिएको उनले बताए ।

‘अनियमितताको दुर्गन्धले अवरुद्ध खरिद प्रक्रिया अझै टुंगोमा पुगेको छैन । सरकारको तहमा खरिद गर्ने भनियो, तर तीनहप्ता बित्न लाग्दा पनि अभाव पूर्ति हुने आधार भएन । जे भए पनि सरकारले अन्तर्राष्ट्रिय विश्वास गुमाउनु भएन,’ उनले भने ।सरकारले गर्नु पर्ने सामान्य कामको लागि पनि अदालत धाउनु पर्ने विकसित घटनाक्रमलाई लिएर राणाले चिन्ता प्रकट गरेका छन् ।

ट्वीट गर्दै उनले भने, ‘बन्दाबन्दीमा अलपत्र नागरिकको समस्या जस्तै मुलुकमा उत्पन्न हरेक समस्या सुल्झाउन र व्यवस्था मिलाउन सर्वोच्च अदालतकै ढोका घच्घचाउनु पर्ने बाध्यता हुने भए, कार्यकारिणी सरकारको औचित्य के ?’

राप्रपा अध्यक्ष राणाले महामारीको समयमा दुखकष्टमा परेका नेपालीहरूलाई सहयोग गर्न पार्टीका कार्यकतालाई निर्देशनसमेत दिएका छन् । ‘कोभिड-१९ को प्रकोपमा अप्रत्यासित जोखिम र कष्टप्रद जीवन जीउनु परेको छ,’ उनले भने ।

‘यस चुनौतिको घडीमा देश–विदेश, गाउँ-सहर सबैतिर अप्ठ्यारोमा परेका नेपाली दाजुभाइ, दिदीबहिनीलाई आफ्नो तर्फबाट आवश्यक साथ सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका आम कार्यकर्तापंक्तिलाई म आह्वान गर्दछ ।’

udaipur

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved