पर्सामा हावाहुरीको कहर , आइसोलेशन वार्डमा क्षति

  • वैशाख ९, २०७७
  • कालापानी मिडिया
alt

आरोहण शाह
वीरगञ्ज ९ बैशाख : हावाहुरीका कारण वीरगञ्ज नारायणी अस्पतालमा बनाइएको आइसोलेशन वार्डमा क्षति भएको छ । चार जना कोभिड १९ संक्रमितलाई राखेर उपचार भइरहेको नारायणी अस्पतालको नवनिर्मित आइसोलेसन वार्ड सोमबार राति एक्कासी आएका हावाहुरीले भत्काइदिएको छ । अस्पतालको इमर्जेन्सी वार्डमाथि आइसियु नजिक अस्थाइ रुपमा २० शैयाको आइसोलेशन वार्ड निर्माण गरिएको थियो । बनाइएको आइसोलेशन वार्डको दुइतिर कै आल्मुनियम र सिसाले बनाइएको पर्खाल भत्केपछि उपचार्थ ४ जना कोरोना सक्रमितलाइ नजिककै रहेको आइसियु वार्डमा सारिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन प्रसाद उपाध्यायले बताए । निजी क्षेत्रको सहयोगमा नवनिर्मित आइसोलेसन वार्डमा वैशाख ५ मा अस्पतालको महेन्द्र आरोग्य भवनको आइसोलेसन वार्डबाट ४ जना संक्रमितलाई सारिएको थियो। वीरगन्जको मस्जिदमा बसेका कोरोना संक्रमित ३ भारतीय र रौतटहका एक जनाको उपचार भइरहेको छ ।po4


यता पर्सा जिल्लाका विभिन्न ठाउँमा क्षति र्पुयाएको छ । किसानले लगाएको बाली नष्ट भएको छ । ३ वटा एफएम स्टेसनको टावरमा क्षति पुगेकाले प्रसारण प्रभावित भएको छ । सोमबार बेलुकी आएको हावाहुरीले बीरगन्जमहानगरपालिका र अन्य पालिकाहरु अन्धकार रहेको छ । हावापानीले धेरै ठाउँमा लाखौंको क्षति भएको छ । विभिन्न ठाउँहरुमा बिधुढका पोलहरु ढलेका छन् ।बिधुतद अविरुद भए पछि धेरै सर्वसाधारणको मोबाइल चार्ज गर्न नपाएको स्थानीय राकेस कुमार साह बताए ।po1

एक्कासी आएको हावापानीले किसानहरुले लगाएका अन्नबाली नष्ट भएको गुनासो पोखेका छन् । कोरोना भाइरस कोभिड१९ ले प्रभावित भएले अन्नबालीहरु समयमा काट्न नपाएकोले बर्षा भरि लगाएको बाली नष्ट भएकोले दुस् ख लागेको किसानहरुले बताएका छन् । उनीहरूले एक तिर कोरोना भाइरस कोभिड १९ र अर्को्तिर हावापानीले हाम्रो अन्नबाली क्षेतिपुराएको र लाखौंको क्षेति भएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved