सुदूरपश्चिमका अस्पतालबाट दुई जना कोरोना संक्रमित सहित ९९ जना डिस्चार्ज

  • वैशाख १०, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । सुदूरपश्चिमका अस्पतालबाट दुई जना कोरोना संक्रमित सहित ९९ जना डिस्चार्ज भएका छन्। सेती प्रादेशिक अस्पतालबाट दुई जना कोरोना संक्रमित र बाँकी ९७ जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्।

सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक र लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवकलाई दुई पटक सम्म कोरोना रिपोर्ट नेगेटिभ देखाएपछि डिस्चार्ज गरेको छ भने अन्य ३८ जना शंकास्पद बिरामीलाई पनि डिस्चार्ज गरिएको छ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ३८ जनालाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए। यस्तै प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार प्रदेशकै ठूलो डडेल्धुरा अस्पतालबाट कोरोना आशंका गरिएका १३ जनालाई डिस्चार्जै गरिएको छ।

‘अछाम अस्पताल र बयलपाटा अस्पतालबाट १०र१०, महाकाली र डोटी अस्पतालबाट ६र६, बैतडी अस्पतालबाट चार, भजनी अस्पतालबाट तीन, गोकुलेश्वर अस्पताल, बाजुरा अस्पताल र चौमला स्वास्थ्य चौकीबाट २र२ जना, टीकापुर र बझाङ अस्पताल तथा कोल्टी स्वास्थ्य चौकीबाट १र१ जना संकास्पदलाई डिस्चार्ज गरिएको छ।’ प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले मंगलवार जारी गरेको सूचनामा उल्लेख छ।

केन्द्रका अनुसार अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा तीन जना संक्रमित सहित चार जना तथा बाजुरा र चौमलामा एक-एक जना शंकास्पदको उपचार भईरहेको छ।

कोरोनाका जटिल बिरामीको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा बिगतमा सञ्चालनमा रहेको समेत जोडेर ६ वटा भेन्टिलेटर र १० बेडको आइसियू तथा महाकालीमा दुई वटा भेन्टिलेटर सहित चार बेडको आइसियू रहेको केन्द्रले दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved