भोजपुरका एक युवकको कोरोना रिपोर्ट पोजेटिभ

  • वैशाख १०, २०७७
  • कालापानी मिडिया
alt


गाणेश विष्ट, भोजपुर । भोजपुरमा एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको आज (मंगलबार) द्रुत परिक्षण विधि (आरडीटी)बाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभयो । गत २०७६ साल फागुन ३० गते साउदीबाट काठमाडौं आएका ती युवक चैत्र ११ गते हतुवागढी आइपुगेका थिए ।
होम क्वारेन्टाइनमा रहेका उनलाई (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिइएको छ ।
उनको स्वाब संकलनका लागि मंगलबार नै जिल्ला अस्पतालबाट चिकित्सकको टोली हतुवागढी तर्फ जादै गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनको स्वाब संकलन गरेर परीक्षणका लागि बुधबार विहान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved