भारतको क्वारेन्टाइनमै किरिया बसेका तीन जनालाई नेपाल ल्याइयो

  • वैशाख १०, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । बुबाको मृत्युपछि भारतको क्वारेन्टाइनमै किरिया बसेका तीन नेपालीलाई फर्काइएको छ। मजदुरी गर्न भारत गएका बैतडीको पुर्चौँडी नगरपालिकाका तीन भाइ लकडाउनपछि त्यहि क्वारेन्टाइनमा किरिया बसेका थिए।

गत वैशाख ७ गते उनका बुवा उजलेले प्राणत्याग गरेपछि उनका ५ छोरा मध्ये तीन छोरा प्रेम धामी, अमर धामी र राम धामी भारतको पिथौरागढमा रहेको क्वारेन्टाइनमै किरियामा बसेका हुन।

बुधबार मात्रै जिल्ला प्रशासन कार्यालय बैतडीले पिथौरागढका डिएमसँग कुराकानी गरी तीनै जनालाई नेपाल फर्काएका हुन्।

फर्काइएपछि उनीलाई स्वास्थ्य चेकजाँचका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक गौरीशंकर बजगाँइले बताए।

यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का बासुदेव भट्ट आमाको मृत्यु भएको पाँच दिनपछि नेपाल फर्किएका थिए।

दिनेश खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved