जनता समाजबादीले दल दर्ता गर्न निर्वाचन आयोगमा गरायो निबेदन दर्ता

  • बैशाख ११, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता गरी गठन गरिएको नयाँ दल जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

दल दर्ताको निवेदन दिन दलका उपेन्द्र यादव, राजेन्द्र महत्तो, राजेन्द्र श्रेष्ठ, शरतसि‌ह कृष्ण शर्मा, फणेन्द्र देवकोटा, मिथेलेश कुमार सिंह लगाएतका नेताहरु आयोग पुगेका थिए । दल दर्ताका लागि निवेदन दर्ता भएको र प्रक्रिया पुगेपछि दल दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा पुगेका जनता समाजवादीका नेताहरुले आफ्नो पार्टी फुटाउन दलसम्बन्धी अध्यादेश ल्याएको आरोप पनि लगाएका छन् ।

निर्वाचन आयोग पुगेका जनता समाजवादीका नेता केशव झाले नयाँ शक्ति गठनका लागि एकता भएको भन्दै समाजवादी पार्टीले सरकार छाड्न ढिलाई गरेका कारण र लक डाउनका कारण एकतामा पनि ढिलाई भएको बताए । नेकपा सरकारले लोकतन्त्र र पार्टी पद्धतीलाई कमजोर पार्ने षडयन्त्र गरेको भन्दै उनले वर्तमान सरकारले प्रतिपक्षीलाई बेवास्ता गरेर मनोमानी ढंगले अध्यादेश ल्याएका कारण आफुहरु एकजुट भएको बताए । प्रधानमन्त्रीले साना दलहरु बिच फुट ल्याउने षडयन्त्र गरेकाले आफुहरुले तत्काल एकता गर्ने निर्णय गरेको उनको भनाइ थियो ।

एकताको चार बुँदे सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् । समाजवादी पार्टीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । राजपा अध्यक्षमण्डलका सदस्यहरू अनिल झा र राजकिशोर यादव भने एकता प्रक्रियामा उपस्थित भएनन् ।

उनीहरू काठमाडौं बाहिर रहेकाले एकता प्रक्रियामा सहभागी नभएको नेता केशव झाले बताए । पार्टी एकता समानताको आधारमा गरिने सहमति भएको छ । समाजवादी पार्टीमा १७ जना सांसद छन् भने राजपासँग १७ जना सांसद छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved