कागेश्वरी मनहराको मन्दिरमा लकडाउनमा पनि ७५ जनाद्वारा रक्तदान
काठमाडौं । कोरोना भाइरस (Covid-19) को महामारीले भएको लकडाउनको अवस्थामा पनि ७५ जनाले रक्तदान गरेका छन् ।
कोरोना भाइरस (Covid-19) को कारण भएको रक्त अभावलाई परिपुर्ती गर्ने उद्देश्यले श्री गौरीनाथ महादेव मन्दिर संरक्षण समिति, नवश्रीजनशील युवा क्बल तथा कागेश्वरी मनोहरा न.पा वडा ८ द्वारा काठमाडौंको कागेश्वरी मनोहरा न.पा ८ मा भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्त दान गरेका हुन् ।
लकडाउनको प्रतिकुल परिस्थितिमा पनि रक्तदानको लागि उल्लेख्य उपस्थित हुनु अत्यन्त राम्रो भएको नेपाल रेडक्रस भक्तपुर शाखाले जनाएको छ ।
रक्तदानको लागि १०० जनाको अनुमान गरिएको भएपनि ७५ जनाद्वारा भएको रक्तदान संतोषजनक भएको आयोजक तथा मन्दिर संरक्षण समितिका अध्यक्ष सुजित के.सीले बताएका छन् ।