लिङदेनको आग्रहमा पानीट्याङ्कीमा अलपत्र नेपालीलाई खाद्यान्न पुर्याइयो

खाद्य सामाग्री पाएसंगै अलपत्र नेपालीहरुद्धारा महामन्त्री लिङदेनको खुलेर प्रसंसा

  • वैशाख १५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडा‌ैं । लकडाउनका कारण नेपालको पूर्वीनाका काँकडभिट्टासँग जोडिएको भारतको पानीट्याङ्कीमा अलपत्र परेका नेपालीलाई मेची अभियानले खाद्य सामाग्री उपलब्ध गराएको छ ।

पश्चिम नेपालका विभिन्न जिल्लाका करिब ८७ नेपालीलाई मेची अभियानले खाद्य सामग्री सहयोग गरेको हो । राप्रपा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य सांसद राजेन्द्र लिङ्देनले उनीहरुलाई नेपालकै क्वारेन्टाइनमा ल्याएर राख्न पहल गरेपनि तत्काल सम्भव हुने नदेखेपछि बसेकै ठाउँमा खाद्य सामाग्री सहयोग गर्न मेची अभियानसँग आग्रह गरेका थिए ।

महामन्त्रीको आग्रह स्विाकादै मेचिनगररका अभियानताहरु विजय डालमिया, सुशील आचार्य लगायतको अगुवाइमा अलपत्र नेपालीलाई उनीहरु बसेकै ठाउँमा खाद्य सामाग्री पुर्याइएको हो । खाद्य सामाग्री पाएसंगै अलपत्र नेपालीहरुले महामन्त्री लिङदेनको खुलेर प्रसंसा गरेका छन् । उनिहरु कालिकोट र कैलाली जिल्लाका अन्य जिल्लाबाट भारतमा काम गर्न गएका नेपालीहरु हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved