कोरोना संक्रमण देखिएपछि बाह्रदशी गाउँपालिकाले संक्रमण देखिएको क्षेत्र पूर्ण रुपमा सिल ग¥यो

  • वैशाख १५, २०७७
  • कालापानी मिडिया
alt

विर्तामोड । झापाको बाह्दशीको एकजनामा कोरोना संक्रमण देखिएपछि बाह्रदशी गाउँपालिकाले संक्रमण देखिएको क्षेत्र पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ ।

सोमबार विहानबाट बसेको सर्वपक्षीय बैठकले संक्रमण देखिएको वडा नं ४ र छिमेकी ५ नं वडा सिल गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
पूर्वमा कंचनगढ सडक,उत्तरमा साविकको चकचकी गाविसको सीमाना, पश्चिममा बिरिङ खोला र दक्षिणमा राधानगरसहित साविक चकचकी गाविसको दक्षिणी सिमानाभित्रको क्षेत्र सिल गरिने गाउँपालिकाले जनाएको हो ।

यसबाहेक बैठकले पुर्ण बन्दको निर्णय कार्यान्वयनकालागि आवश्यक परेको खण्डमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेना परिचालनको माग गर्ने समेत निर्णय गरेको छ । हालसम्म उक्त क्षेत्रमा आरपिटि परिक्षण प्रभावकारी नभएको भन्दै पीसीआर परिक्षणकै माग गर्ने पनि निर्णय समेत भएको छ ।
आइतबार बाह्रदशी गाउँपालिका ४ का ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved