हरेक रात बरबाद अस्तित्वको हुदैछ ।
तिब्र गतिमा बिकाश फेरी दासत्वको हुदैछ ।।
अन्जान ठाउँमा अज्नविले ठग्नु लुट्नु सवभाविक हो ।
बरु सर्वस्व हरण आफन्तमै अपनत्वको हुदैछ ।।
संसार पाल्ने किसानको मुल्याङ्कन छैन अपमानित छ ।
बरु सजिलै ब्यापार आमा छोरिको चिरत्वको हुदैछ।।
सेवा गर्ने भलो गर्ने, राम्रा जति सबै नराम्रा ।
बरु चर्चा परिचर्चा दलाल भ्रष्ट र गजेडिहरुको जनघनत्वको हुदैछ ।।
हरेक रात बरबाद अस्तित्वको हुदैछ ।
तिब्र गतिमा बिकाश फेरी दासत्वको हुदैछ ।।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved