अन्तवार्ता लिएकै भरमा स्पष्टिकरण सोधिनु दुर्भाग्य हो -उपाध्यक्ष पोखरेल

  • वैशाख १६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले रेडियो नेपालमा अतिथीले बोलेको बिषयलाई लिएर अन्तरवार्ताकारलाई स्पष्टिकरण सोधिएको प्रशंग दूर्भाग्यपूर्ण भएको वताएका छन् ।
उपाध्यक्ष पोखरेलले रेडियो नेपालमा डा.बाबुराम भट्टराईंले डा.नवराज लम्सालजीसँगको अन्तर्वार्तामा प्रम ओलीलाई भष्मासुर भन्नुभएको कुरालाई लिएर रेडियो नेपलका कार्यक्रम संचालकलाई स्पष्टिकरण सोधिनु दुर्भाग्या भएको बताएका हुन् ।

उपाध्यक्ष पोखरेलले भने, डा.भट्टराईसंगको अन्तरवार्ता लिने पत्रकार डा।नवराज लम्साललाई सूचना तथा प्रबिधी मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । ‘यो प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रतामाथीको आक्रमण हो’, ‘अतिथीलाई पहिले नै यसो भन्नुहोला, यसो नभन्नुहोला भनेर अन्तरवार्ता लिने प्रचलन संसारमा कही पनि छैन र लोकतान्त्रिक समाजमा यस्तो अभ्यासलाई पूर्ण रुपमा गलत मानिन्छ’ उनले भने ।
उनले सरकारलाई प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै उनले आलोचना सुन्नै नचाहने प्रबृत्ति त्याग्न सरकारलाई आग्रह गरेका छन् । ‘लगानी चाहे सरकारको होस्, चाहे निजी क्षेत्रको, सञ्चारमाध्यम सार्वजनिक सम्पत्ति हुन्, तीनलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ र सबैका अभिव्यक्तिलाई स्थान दिनुपर्छ’ उनले भने ।

पोख्रेलले रेडियो नेपालले माफी माग्दै बक्तव्य निकाल्नुलाई झनै खतरनाक कदमको संज्ञा दिएका छन् । ‘दवावमा यस्तो बक्तव्य आयो कि चाकरीको पराकाष्टा हो यो रु’ उनले प्रश्न गरेका छन् । यसो गरेर रेडियो नेपालको प्रशासनले रेडियो नेपालले आफ्नो विवेक र घोषित नीति अनुसार काम गर्नसक्दैन भन्ने सन्देश दिइएको दावी समेत गरेका छन् । ‘रेडियो प्रशासन यसरी चाकरीमा लाग्दा त्यहाँ काम गर्नेहरुको मनोवल गिर्छ र आलोचनात्मक चेत सहितको पत्रकारिता त्यो संस्थामा मर्छ’ पोख्रेलले टिप्पणी गरे ।

उनले बिगतमा त्यही कार्यरत पत्रकार प्रमोद दहालमाथी पनि अन्तरवार्ता प्रकरणमा स्पष्टिकरण सोधिएको प्रशंग स्मरण गर्दै भने,‘अहिले फेरि नवराजजीसंग सोधीएको छ, यो बेला हामी हाम्रो सम्पादकीय नीतिमा अडिग छौं भनेर प्रेस स्वतन्त्रताको पक्षमा उभिनु पर्ने रेडियो प्रशासन उल्टो रेडियोकर्मीको मनोवल गिराउने ढंगले प्रस्तुत भयो,यो दुःखद हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved