एक हजार दुई सय ९९ जना नेपाली नागरिक नेपाल आए

  • वैशाख १८, २०७७
  • कालापानी मिडिया
alt

एक हजार दुई सय ९९ जना नेपाली नागरिक नेपाल आए
जनक साउद, बैतडी । बैतडीको सीमानाका जुलाघाटबाट एक हजार दुई सय ९९ जना भारतीय क्वारेन्टीनमा रहेका नेपाली नागरिक नेपाल भित्रिएका छन । कोरोना भाईरस कोभिड १९ को संक्रमणको जोखिका कारण सरकारले सिमा नाका बन्द गरेपछि उनीहरु महिनौ देखि सीमापारी भारतिय क्वारेन्टीनमा रहेका थिए ।

गृह मन्त्रालयले प्रकृया पु¥याएर उनीहरुलाई नेपाल ल्याउने निर्णय गरेपछि उनीहरुको स्वास्थ्य परिक्षण गरि नेपाल ल्याईएको बैतडीको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । सिमापारी भारतीय क्वारेन्टीनमा रहेका एक हजार दुई सय ९९ जना जुलाघाट नाकाबाट बिहिबार नेपाल भित्रिएका हुन ।

उनीहरुको सामान्य स्वास्थ्य परिक्षण गरी सम्बन्धित स्थानिय तहहरुले निर्माण गरेका क्वारेन्टीनमा बस्ने गरी पठाईएको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी एबंम सहायक जिल्ला अधिकारी लोकेन्द्र सिह नेगीले बताए । जुलाघाट नाका भएर उक्त संख्यामा नेपाली मजदुरहरु नेपाल आएका हुन । जुलाघाट नाकाबाट नेपाल आएका एक हजार दुई सय ९९ जना मध्ये ३९ जना महिला पनी रहेका छन ।

यस्तै दार्चुलाको सीमानाकाबाट पनी एक हजार दुई सय ९० जना नेपाल आएका छन । दार्चुला र बैतडीको सीमानाकाबाट आज बिहिबार जम्मा दुई हजार पाच सय ९० जना नेपाल आएका हुन । उनीहरु सबैको सामान्य स्वास्थ्य जाच गरी सम्बन्धित स्थानिय तहहरुले निर्माण गरेका क्वारेन्टीनमा पठाईएको छ । उनीहरु सबैलाई १४ दिन सम्म अनिबार्य क्वारेन्टीनमा राखिने बैतडीका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

१४ दिन पुरा भए पछि सबैको आरडिटि परीक्षण गरिने र रिर्पोट नेगेटिभ आएमा मात्र घर पठाईने उहाले बताए । सुरुमा दुई हप्ता मात्रै क्वारेन्टीनमा बस्ने भनिए पनि महिनौ सम्म क्वारेन्टीनमा बस्नु पर्दा उनीहरु आक्रोशित भएका थिए । महिनौ पछि नेपाल प्रबेश गर्न पाएकोमा निकै खुसी लागेको पुर्चौडी नगरपालिकाका लक्ष्मण बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved