सुदूरपश्चिम प्रदेशमा कोरोना परिक्षण घट्यो

  • वैशाख १८, २०७७
  • कालापानी मिडिया
alt

कृत विष्ट,धनगढी । सुदूरपश्चिम प्रदेशमा १८ दिनयता कोरोना संक्रमित नभेटिएपछि परीक्षण ह्वात्तै घटेको छ। पछिल्लो पटक बैशाख १ गते लम्कीचुहा नगरपालिका वडा नम्बर १ कि ६१ वर्षीय महिलामा संक्रमण देखिएको थियो भने त्यसयता कसैमा पनि संक्रमण देखिएको छैन्।

चार जना संक्रमित ठिक भएर घर फर्किसकेपछि परीक्षण नै निकै कम सङख्यामा भइरहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहिबार एक सय ८३ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ। पीसीआरबाट १० जना र र्‍यापिड टेस्टबाट एक सय ७३ जना गरी आज एक सय ८३ जनाको मात्रै कोरोना परीक्षण गरिएको हो। आज परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ।

कोरोना परीक्षणका लागि आज मात्रै ५७ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ भने ५२ जनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको छ। यस्तै निर्देशनालयले फागुन १ गतेदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि नमूना संकलन सुरु भएकोमा हालसम्म दुवै विधीबाट १६ हजार तीन सय ८४ जनाको कोरोना परीक्षण भईसकेको जनाएको छ।

पीसीआर विधीबाट दुई हजार ८ सय जनाको परक्षिण र १३ हजार पाँच सय ८४ जनाको र्‍यापिड टेस्ट गरिएको निर्देशनालयको दावी छ। यस्तै अब प्रदेशभरी पाँच हजार दुई सय ४१ र्‍यापिड टेस्ट किट मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै प्रदेशभरीका विभिन्न अस्पतालबाट अहिलेसम्म एक सय १४ जना डिस्चार्ज भएका छन्। चार जना कोरोना संक्रमित र बाँकी एक सय १० जना शंकास्पद बिरामीलाई अस्पतालले डिस्चार्ज गरेको हो। कोरोना संक्रमितलाई लगातार दुईपटक सम्म कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो भने शंकास्पदहरुलाई भने पहिलो रिपोर्ट नै नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ।

यस्तै सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार अहिले प्रदेशभरीका क्वारेन्टाइनमा एक हजार सात सय ७६ जनालाई राखिएको छ। प्रदेशभरी सात हजार ८ सय ३४ जना अटाउने तीन सय ८० क्वारेन्टाइन स्थापना गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved