अछाम । जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् ।
एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
अस्पताले उच्च ज्वरो आएपछि उनलाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरेको र उनको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ भएको जनाएको छ । यद्धपि मृत्यु भएको कारणबारे भने जानकारी नभएको र यसबारे बुझिरहेको अस्पतालले जनाएको छ ।
मृत्यु भएकी महिलाको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved