झापा । लकडाउनका कारण रगतको अभाव भइरहेका बेला प्यारीभिट्टा युवा क्लव काँकडभिट्टा झापाले रक्तदान कार्यक्रम थालेको छ ।
बिगतमा पनि संकटका बेला रक्तदान गर्दे आएको कल्वले कोरोना सक्रमणमा रगतको अभाव देखिन थालेपछि अभियान सुरु गरेको हो । कार्यक्रममा प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङदेनले पनि रक्तदान गरेका छन् ।
उनले आफुले रक्तदान गर्न पाउदा हर्षित भएको भन्दै अरुलायृ पनि यो संकटको वेलामा रक्त दान गरेर सहयोग गर्न आग्रह गरेका छन् । उनले जिल्लामा दैनिकजसो रगत अभावका कारण रक्तदाता जुटाउनुपर्ने बाध्यतालाई केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको क्लवको यो कार्य सराहनिय भएको वताए ।
सांसद लिङदेनले ७५औं पटक रक्तदान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved